ताजा खवरहरु:

कोभिड- १९ ले मुटुको कोषका डिएनएमा नराम्रो असर गर्दछ: अनुसान्धान

मिलन दाहाल । कोभिड -१९ लाई श्वासनलीमा असर गर्ने एक प्रकारको इन्फ्लुएन्जा भनिदै आएकोमा यसले मुटुमा पार्ने प्रभाव सामान्य इन्फ्लुएन्जाले पार्ने भन्दा निकै फरक पाईएको एक अनुसन्धानले देखाएको छ । सन् २००९ मा फ्लु फैलदाभन्दा सन २०१९ को अन्त्यतिर शुरु भएको कोभिडले मुटु तथा रक्तनलीहरु सम्बन्धी जटिल तथा लामो समयसम्म रहनेखालका समस्याहरु दिइरहेको भएपनि यस्ता प्रभावका बारेमा बैज्ञानिकहरु अनभिज्ञ रहेका थिए । यसै सन्दर्भमा कोभिड संक्रमणले मुटुका कोषिकाहरुलाई मोलिक्युलर लेभलमा गर्ने परिवर्तनहरु बारे अध्ययन गर्न गरेको एक अनुसन्धानका क्रममा क्विन्ल्याण्ड युनिभरसिटीले कोभिडका कारण ब्राजिलमा मरेका सातजना तथा इन्फ्लुएन्जाका कारण मरेका २ जनाको मुटुको तन्तुहरुको अध्ययन गरेको थियो ।

क्विन्स्ल्याण युनिभरसिटीका डाक्टर आरुथा कुलासिंघे लगायतका शोधकर्ताहरुको समुहले गरेको उक्त अनुसन्धानले कोभिड १९ ले मुटुका कोषहरुको डिएनएमा नै असर गर्ने र उक्त असरका कारण कोभिड-१९ संक्रमितहरुमा मुटु सम्बन्धी जटिल तथा लामो समयसम्म रहने समस्या हुने पत्ता लगाएका हुन । क्विन्स्ल्याण युनिभरसिटीका प्रोफेसर जोन फ्रेसरले उक्त अनुसन्धानले इन्फ्लुएन्जाले मुटुका तन्तुमा संक्रमणमात्र गर्ने तर कोभिड १९ ले मुटुको डिएनएमा नै आक्रमण गर्ने कुरा पत्ता लगाएको र यसरी पत्ता लागेसँगै कोभिड १९ लाई सामान्य फ्लुमात्र भन्न नसकिने बताउछन ।

यो अनुसन्धानले कोभिड १९ ले मुटुमा पार्ने प्रभावका बारेमा जानकारी गराएसँगै यसले मुटुमा पारेको प्रभावलाई उपचार गर्न कस्तोखाले उपचारविधी सही हुन्छ भनेर तय गर्न सजिलो हुने उनको दाबी छ ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading