नगरपालिकाकै खर्चमा नगरसभामा मदीरा पार्टी ?

सामान्यतया सरकारी कार्यालयले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा मदीरा प्रयोग गर्न पाइदैन । तर तनहुँको प्यास नगरपालिकाले आफ्नो ३१ औं नगरसभा स्थलमै मदीरा पार्टी गरेको भिडियो भाइरल भएको छ ।

आर्थिक बर्ष २०७६—७७ का लागि नगरपालिकाले बजेट घोषणा गर्न आयोजित कार्यक्रममा बजेट भाषणपछि भने नाचगान र मदिरापान सुरु भएको रहेछ । नगरसभा स्थलमा मदीराको चाङ थियो ।

नगरसभामा स्थानीय वडा सदस्य, वडा अध्यक्षदेखि नगरपालिकाका मेयर उपमेयर तथा कर्मचारी सहभागी हुन्छ । नगरसभाकै ब्यानरसँगै बसेर उनीहरु जमेर पार्टी गरिरहेका थिए ।

यसरी मदीरा पार्टी गर्ने खर्च समेत नगरपालिकबाटै भएिको नगरपालिका एक कर्मचारीले बताए । नगरपालिकाको नगरसभापछि भएको यो रमाइलो मञ्चमा बसेर मेयर बैकुण्ठ न्यौपानेले हेरिरहेका थिए ।

Leave a Reply