ताजा खवरहरु:

सामाजिक अभियन्ता आशिका तामाङ पक्राउ

१५ जनवरी २०२५, काठमाण्डौ- चर्चित सामाजिक अभियन्ता तथा नायीका  आशिका तामाङलाई पक्राउ परेकी  छन । प्रहरीको स्वयम्भू वृत्त टोलीले अभद्र व्यवहारको आरोपमा तामाङलाई  बुधबार दिउँसो पक्राउ गरेको हो। तामाङलाई पक्राउ गरिएको काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी नवराज अधिकारीले पुस्टि गरे ।पक्राउ पुर्जि सहित गएको प्रहरीको टोलीले तामाङलाई पक्राउ गरेको थियो।

तामाङमाथि प्रहरी वृत्त गौशालाले थप अनुसन्धान अघि बढाएको छ।अभद्र व्यवहार मुद्दाको अनुसन्धान सिलसिलामा तामाङलाई नियन्त्रणमा लिनुपरेको प्रहरीले जनाएको छ। पछिल्लो समय पशुपति क्षेत्र विकास कोष परिसरमा तामाङले महिला प्रहरीलाई प्रहरीको काम सुकाउदै गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको थियो। तामाङले गैर कानुनी काम गर्नेहरुको को बिरोध र सो को भिडियो खिचि सामाजिक सञ्जालहरुमा जनचेतनाका लागी उक्त भिडिओहरू पनि पोस्ट गर्ने गरेकी छन्। जनसाधारणले उनका कृयाकलाइ तथा भिडियोहरु मन पराउने गरेका छन ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading