बानियाले आफूले युवा सदस्य, राज्य सचिव र उपसंयोजकका रुपमा काम गरिसकेकाले संस्थालाई नजिकबाट चिनेको र दीगो परिवर्तन कसरी गर्न सकिन्छ भन्ने कुरा बुझेको दाबी गर्दै संस्थामा परिवर्तनका लागी आफू संयोजकको उम्मेद्वार बनेको बताएका छन ।
Like this:
Like Loading...
१३ जुलाई २०२५, एडिलेड- ग़ैर आवासीय नेपाली संघ दक्षिण अस्ट्रेलियाको संयोजक पदमा बिनोद बाँनियाले उम्मेद्वारी दर्ता गरेको जानकारी गराएका छन । आकाक्षिहरुलाई उम्मेद्वारी दर्ता गर्न शनिवार मध्यरातसम्मको समयसीमा सहेकामा उक्त समयसीमामा आफूले एनआरएनए अस्ट्रेलियाको आशन्न निर्वाचन गराउन गठित निर्वाचन समितिको प्रक्रिया बमोजिम उम्मेद्वारी दर्ता गराएको जानकारी केहिबेर पहिले समाजिक सञ्जाल फेसबुकमार्फत गराएका हुन । बानियाले आफूले युवा सदस्य, राज्य सचिव र उपसंयोजकका रुपमा काम गरिसकेकाले संस्थालाई नजिकबाट चिनेको र दीगो परिवर्तन कसरी गर्न सकिन्छ भन्ने कुरा बुझेको दाबी गर्दै संस्थामा परिवर्तनका लागी आफू संयोजकको उम्मेद्वार बनेको बताएका छन ।
बानियाका एजेण्डाहरु देहायबमोजिम रहेका छन ;
१. नेपाली समुदायलाई बहुसांस्कृतिक समाजसँग जोड्ने:
साउथ अस्ट्रेलियाको बहुसांस्कृतिक समाजमा नेपाली समुदायको पहिचान मजबुत पार्न रणनीतिक योजना र कार्यक्रमहरु ल्याइनेछ।
२. दोस्रो पुस्ता र युवाहरुलाई लक्षित कार्यक्रम:
यहाँ हुर्कँदै गरेका युवाहरूलाई नेतृत्व र जिम्मेवारीको भावनासँग जोड्न विशेष कार्यक्रम सञ्चालन गरिनेछ।
Career Guidance, Resume Workshop र Mentoring Session जस्ता कार्यक्रमहरू मार्फत उनीहरूको आत्म–विश्वास, सिप र भविष्यको मार्गदर्शनमा सहयोग पुग्ने कार्यक्रमहरु संचालन गर्ने।
३. समुदायका समस्याहरूको समाधान उन्मुख कार्यक्रम:
मानसिक स्वास्थ्य सम्बन्धी जनचेतना अभियान
जुवा (Pokies/Gambling) लगायतका लतविरुद्ध सचेतना
नयाँ आगन्तुक र विद्यार्थीहरूलाई कानुनी, बीमा, कर प्रणाली आदि बारे जानकारीमूलक अभिमुखीकरण कार्यक्रम ।
४. सदस्यता लाभ कार्यक्रम (Membership Benefits Program)
सदस्यता कार्डमार्फत छुट सुविधा
व्यवसायहरूसँग सहकार्य ।
५. महिला सशक्तिकरण र सहभागिता कार्यक्रम (Community Women’s Programs)
“सशक्त महिला, सशक्त समाज” – Leadership & Empowerment Workshop
महिलाहरूलाई नेतृत्व क्षमता, आत्म-विश्वास र सामाजिक संलग्नता विकासमा प्रेरित गर्ने।
६. कार्यक्रमहरूको निरन्तरता र नवीनता:
सफल कार्यक्रमहरूको निरन्तरता
नेपाली समुदायको आवश्यकताअनुसार नयाँ परियोजनाको पहिचान र कार्यान्वयन ।
Like this:
Like Loading...
Related
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
प्रतिकृया दिनुहोस