ताजा खवरहरु:

भब्य रुपमा मनाईयो अस्ट्रेलियाभर पृथ्बी जयन्ती

पृथ्वीनारायण शाहको तस्विरमा माल्यार्पण गरेर सुरु भएको कार्यक्रममा युवा अभियन्ता तथा व्यवसायी दिपक पौडेलले नेपालका राष्ट्र निर्माताका बारेमा वादविवाद आवश्यक नभएको बताए ।

 

अस्ट्रेलियाभरी नै नेपाल एकिकरण गर्ने राजा पृथ्बी नारायण शाह नारायण शाहको जन्मदिन भब्य रुपमा मनाइएको छ । रास्ट्रपीता समेत भनेर चिनिने श्री ५ महाराजधिराज पृथ्बी नारायण शाहको जन्मदिनलाई  ‘अन्तर्राष्ट्रिय नेपाली दिवश’ का रुपमा अस्ट्रेलियाभरि नै  मनाइएको छ। अष्ट्रेलियाका सिड्नी, क्यानबेरा, एडिलेड, ब्रिजबेन लगायत सबै राज्यका प्रमुख शहरमा विभिन्न कार्यक्रमका साथ यहाँको नेपाली समुदायले पृथ्वीनारायण शाहको सम्झना गरे।

सिड्नीको ग्रानभिलमा फ्लेभर्स अफ नेपाल‘ रेस्टुरेन्टमा पृथ्वीनारायण शाहको योगदानबारे एक संगोष्ठी आयोजना गरियो । अष्ट्रेलियाका नेपाली समुदायका बौद्दिकहरुले संगोष्ठि सहित माल्यार्पण कार्यक्रमको आयोजना गरिएको थियो। अघिल्ला बर्षहरुमा खुला पार्कमा सयौंको संख्यामा जम्मा भएर पृथ्बी जयन्ती मनाइने गरेकोमा यसबर्ष मौसमका कारण खुला पार्कमा मनाउन नसकिने अवस्था भएका कारण यसबर्ष कार्यक्रमको आय‍ोजना ईभेन्टहलमा गरिएको नेपालीपेजका मदनमणि अधिकारीले बताए।

पृथ्वीनारायण शाहको तस्विरमा माल्यार्पण गरेर सुरु भएको कार्यक्रममा युवा अभियन्ता तथा व्यवसायी दिपक पौडेलले नेपालका राष्ट्र निर्माताका बारेमा वादविवाद आवश्यक नभएको बताए । नेपालको राजनीतिको ठूलो समस्या नै सबै कुरा हामीले नै बनाएको हो जस्तो गरेर केही राजनीतिक दलले ईतिहास मेटाउने दुष्प्रयास गरेका छन् त्यसले नेपाल र नेपालीलाई ठूलो समस्यामा पार्ने बताउनु भयो। उहाँले नेपाल सरकारका निकायहरूले कुनै कार्यक्रम आयोजना नगरेकोमा आक्रोश समेत व्यक्त गरे। एनआरएन अभियन्ता तथा नेपाली समुदायका युवा नेता डिला खरेलले नेपाली भएर अष्ट्रेलियामा शीर उठाएर हिँड्न सक्ने अवस्था बन्नु नै ठूलो विषय हो।

अष्ट्रेलियाका नेपाली पत्रकार हेमन्त काफ्लेले ईतिहास बिर्सँदा भविष्य पनि अन्धकारमा पर्ने भन्दै पृथ्वी जयन्तिलाई महान पर्वका रूपमा मनाउनु पर्ने जिकिर गरे । नेपाली एकताको सुत्रधारका रूपमा बडामहाराजाधिराज पृथ्वीनारायण शाहको योगदानले नेपाली बन्न पाएकोमा उहाँ प्रति कृतज्ञता समेत व्यक्त गरे । उनलेले भने, ‘यतिखेर अनेक वाद दल र सिद्धान्तका आधारमा बिभाजित भईरहेको क्षणमा हामी तीनसय वर्ष अघि कसरी एक परिवार जसरी मिलेर देश र परिचय निर्माणमा जुटेका थियौं भन्ने सम्झन आजको दिनले झकझक्याउँदछ।

कार्यक्रममा युवा अभियन्ता धर्वेन्द्र यादवले राष्ट्रनिर्माता पृथ्वीनारायण शाह नेपाल र नेपालीको पहिचानको कारक रहेको बताउँदैअष्ट्रेलियामा रहे बसे पनि उहाँको योगदानले सँधै नेपाली भन्रे बनाउने छ। विश्वमा नेपाली भनेर चिनिन पाएको कारण पृथ्वी जयन्तीको दिनलाई अष्ट्रेलियामा ‘अन्तर्राष्ट्रिय नेपाली दिवश’का रूपमा मनाउँदै आईएको आयोजक कमिटीका मदनमणि अधिकारीले बताए । कार्यक्रममा सिड्नीका सामुदायिक अगुवाहरू यम धिताल, राजेश केसी, बिजे शाह लगायतले आफ्नो मन्तव्य राखेका थिए । अष्ट्रेलियाको नेपाली कम्युनिटी प्लाटफर्म नेपालीपेजले अष्ट्रेलियामा रहेका करिब दुईलाख नेपालीलाई जोड्दछ। नेपालीपेजले नेपाली विद्यार्थी, युवा तथा अष्ट्रेलियाका नेपाली बासिन्दालाई काम, घर, कोठा तथा करिअर र व्यवसाय विकासमा समेत सहयोग पुर्याउँदै आएको छ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading