दक्षिण अस्ट्रेलियामा नेपाली राहधानी शिविर आउदै
२५ डिसेम्वर २०२५, एडिलेड- दक्षिण अस्ट्रेलियाको एडिलेडमा नेपाली राहधानी (पासपोर्ट) नविकरणका लागी पसपोर्ट शिविर आउने भएको छ । गैर आवासीय नेपाली संघ दक्षिण अस्ट्रेलिया र नेपाली राजदूतावास क्यानवेराको सहकार्यमा नेपाली नागरिकहरुको सेवार्थ राहधानी शिविर एडिलेडमा पुनः ल्याउन लागेको गैर आवासीय नेपाली संघका दक्षिण अस्ट्रेलियाका संयोजक थीर गुरुङले बताए ।
शिविर २०२६ को फेब्रुवरी ८ देखी १३ तारिखसम्म आउन लागेको संघले बताएको छ । शिविर नर्थफिल्ड सवहर्वमा रहेको ३२५ ह्यामप्सटेड रोड (325 Hampstead Road, Northfield SA 5085) मा आयोजना हुने बताईएको छ । ८ फेब्रुवरी २०२६ वा सोभन्दा अगाडी राहधानीको म्याद सकिने नेपाली नागरिकले उक्त शिविरमा सहभागी भइ राहधानी नविकरण गर्न सक्ने छन । राहधानी नवकरणका लागी यो लिङ्कमा क्लिक गरि अग्रिम समय बुकिङ गर्न संघले अनुरोध गरेको छ ।
शिविरमा राहधानी नविकरणका लागी के के कागजातहरु आवश्यक पर्छ?
यदि तपाई राहधानी नविकरणका लागी तोकिएको समय र स्थानमा समय लिई जाँदै हुनुहुन्छ भने तपाईले आफ्नो समय सकिएको पासपोर्ट, नेपाली नागरिकता र फोटोकपी र आफ्नो भिषाको कपी अनिवार्य रुपमा तपाईसँग लैजानु पर्ने हुन्छ । वालवालिकाको हकमा जन्मदर्ता र आमााबुको विवाहदर्ताको प्रमाणपत्र लैजानुपर्ने हुन्छ । यसका साथै तपाईलाई राहधानी नविकरणको फारम भर्नका निमित्त नेपालको संधिय संरचना अनुसारको परिवर्तित नयाँ ठेगाना समेतको तपाईलाई आवश्यकता पर्ने हुन्छ ।
नेपाल अस्ट्रेलिया समाचारलाई प्राप्त जानकारी अनुसार तपाईले भरेको फारममा कुनै कामजोरी भई नविकरण भएको राहधानीमा कुनै गलत विवरण प्रविस्ट भएको खण्डमा नेपाली दूतावास जवाफदेही नहुने भएको विगतको अनुभवका कारण फारममा भरिएका विवरण सही हुन भन्ने यकिन गर्ने जिम्मेवारी तपाईको भएका कारण भरिएका सम्पुर्ण विवरण सही भएको निर्क्यौल गरेर मात्र शिविर स्थल छोड्नुहोला ।
माथीका बाहेकका कुनै थप जानकारी आवश्यक भएका तलका व्यक्तिहरुलाई सम्पर्क गरि थप जानकारि लिन सकिने गैर आवासीय नेपाली संघ दक्षिण अस्ट्रेलियाले बताएको छ । थीर गुरुङ ०४३३ ८२२ ८७६, गणेश पराजुली ०४२४ ४३५ ५१८, युवराज पहाडी ०४२४ १३६ ४०२, बसन्त सापकोटा ०४२० ८१२ ७२९, संगम पाण्डे ०४२६ ६७७ ७१७ र दीपक धमला ०४३० ४८८ २२२ ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस