एनआरएनए दक्षिण अस्ट्रेलिया: राज्य संयोजकमा थिर गुरुङ
१६ जुलाई २०२५, एडिलेड- ग़ैर आवासीय नेपाली संघ दक्षिण अस्ट्रेलियाको संयोजक पदमा थिर गुरुङले पनि उम्मेद्वारी दर्ता गरेको जानकारी प्राप्त भएको छ । आकाक्षिहरुलाई उम्मेद्वारी दर्ता गर्न शनिवार मध्यरातसम्मको समयसीमा सहेकामा उक्त समयसीमामा एनआरएनए अस्ट्रेलियाको आशन्न निर्वाचन गराउन गठित निर्वाचन समितिको प्रक्रिया बमोजिम उम्मेद्वारी दर्ता गराएको जानकारी गुरुङले समेत समाजिक सञ्जाल फेसबुकमार्फत गराएका छन । दक्षिण अस्ट्रेलियामा एनआरएनए सँगसँगै देखी चर्चामा रहेको समुदायिक भवनको एजेन्डा नै गुरुङको प्रमुख एजेन्डा रहेको छ । गुरुङले पहिलो एजेन्डाकै रुपमा ‘नेपाली समुदायिक हल बनाउने प्रक्रियाका लागी बृहत छलफल र आर्थिक संकलनको प्रयास गर्ने‘ भनेका छन । गुरुङका अन्य एजेन्डा निम्न रहेको छ;
२) दोश्रो पुस्ताका नानी बाबुहरुको कला तथा प्रतिभा देखाउने कार्यक्रम गर्ने ।३) प्रतेक ३ देखि ६ महिना मा नेपाली समुदाय बीच भैपरी आयको समस्या र समाधानका लागि छलफल र पारदर्सी समाधान का लागि प्रयाश गर्ने ।४) स्थानीय सरकारमा हुने कार्यक्रममा नेपाली समुदायलाई चिनाउने राम्रो उपस्थति गराउने ।५) एनआरएनए को नेपाली खेलकुदका संघ संस्था संग सम्मानजनक साहयोग र उपस्थिति जनाउने ।६) नेपाली संघ संस्था र नेपाली ब्यबासाही बीच जानकारी आधानप्रधानको सन्देशमुलक काम गर्ने ।७) सबै नेपाली संग संस्था लाई एनआरएनएको सल्लाहकारको लागि प्रस्ताप गर्ने ।८) एनआरएनए संस्थाको हाम्रो समुदायको निरन्तर उन्नतिको लागि जानकारी मुलक काम गर्ने ।९) यस देश मा रहेका विद्यार्थीका लागि उपयोगी मुलक कार्यक्रम गर्ने ।१०) एनआरएनए बिगत देखि वर्तमान सम्म भयका काम र एस को इतिहास लाई जोडेर एक किताब छपाउने .
लामो समयदेखी दक्षिण अस्ट्रेलियाको नेपाली समुदाय नजिक रहेका गुरुङको एडिलेड खुकुरी फुटबल क्लब, एडिलेड नेपाली क्रिकेट क्लब, तथा जनजातिय संगठनहरुसँको नजिकको सम्बन्धका कारण बलियो प्रतिस्पर्धी रहेको अन्य उम्मेद्वारहरुको बुझाई रहेको छ ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस