एनआरएनए दक्षिण अस्ट्रेलिया: राज्य संयोजकमा देवेन्द्र खरेल
१४ जुलाई २०२५, एडिलेड- ग़ैर आवासीय नेपाली संघ दक्षिण अस्ट्रेलियाको संयोजक पदमा देबेन्द्र खरेलले उम्मेद्वारी दर्ता गरेको जानकारी गराएका छन । आकाक्षिहरुलाई उम्मेद्वारी दर्ता गर्न शनिवार मध्यरातसम्मको समयसीमा सहेकामा उक्त समयसीमामा आफूले एनआरएनए अस्ट्रेलियाको आशन्न निर्वाचन गराउन गठित निर्वाचन समितिको प्रक्रिया बमोजिम उम्मेद्वारी दर्ता गराएको जानकारी आइतवार समाजिक सञ्जाल फेसबुकमार्फत गराएका हुन । बिशेष गरि हुर्कदै गरेको पुस्ता केन्द्रित कार्यक्रमहरु पहिलो पुस्ताले गर्ने कार्यक्रमहरुमा नदेखिने गरेको प्रति चिन्ता व्याक्त गर्दै हुँर्कदै गरेको पुस्ताहरुलाई हाम्रा संस्कृति नसिकाए हाम्रो नामोसिशान हराएर जाने बिषयलाई आफ्नो मुख्य एजेन्डा बनाएका खरेल गैर आवासीय नेपाली संघ दक्षिण अस्ट्रेलियाको पब्लिक अफिसरका रुपमा काम गरिसकेका छन । खरेलका एजेन्डा निम्न रहेको छ।
आज हामी एक गौरवपूर्ण मोडमा छौं—NRNA को झण्डा संसारभर फहरिरहेको छ, पहिलो पुस्ता गर्वसाथ हाम्रो संस्कृति बचाइरहेछ, समुदाय जोड्दैछ, सफलता सँगाल्दैछ। तर यही सफलताको बीचमा एउटा मौन चुनौती पनि उम्रिँदै छ—हाम्रो दोस्रो पुस्ताले त्यो जरा गुमाइरहेका छन्, जसले हामीलाई नेपाली बनाउँछ। हाम्रो नेपाली डायस्पोरा एक गहिरो सांस्कृतिक सङ्कटको सामना गरिरहेको छ। दोस्रो पुस्ताका सन्तानहरू आफ्नै चुलोचौको र संस्कारसँग अपरिचित हुँदै गएका छन्। दशैँ, तिहार, सरस्वती पूजा देखि ल्होसार, म्हपूजा देखि छठ जस्ता चाडपर्वहरू क्रिसमस, इस्टर र ह्यालोविनको छायाँमा हराउँदै छन्। उनीहरू भाषा बिर्सँदै छन्, संस्कारबाट टाढिँदै छन्, रीतिरिवाजहरू ओझेलमा पर्दै छन्—संस्कृतिसँगै हाम्रो सामूहिक आत्मा पनि हराउँदै छ। हामी पहिलो पुस्ताका नेपालीहरू अझै ‘गाला नाइट’, ‘पिकनिक’ र ‘नेपाल महोत्सव’को मोहमा रमाइरहेका छौँ। हामी हाम्रो पहिचानको उत्सव मनाइरहेका छौँ, तर हाम्रो दोस्रो पुस्ता बिस्तारै यस परिदृश्यबाट टाढा हुँदै गईरहेको छ। यो हाम्रो पहिचान मेटिने सङ्केत हो। अहिले नै सचेत नभए हाम्रो सन्तानहरू आफन्तका साथ पनि अपरिचित बन्नेछन्, र हाम्रो आगामी पुस्ताले नेपाललाई केवल विधालय भित्रको पाठ्यक्रममा मात्र देख्ने खतरा बढ्दैछ।
पछिल्ला २२ वर्षमा NRNA का प्रयासहरूले हामी पहिलो पुस्तालाई जोडिराख्न धेरै सहयोग गरेका छन्—म यस धरोहरको सम्मान गर्छु। यिनै अभियानहरूलाई म निरन्तरता पनि दिनेछु। तर आज हाम्रा सन्तानहरू सांस्कृतिक संकटको बीचमा छन्—स्कुलमा उनीहरू “विदेशी” लाग्छन्, घरमा “पराई” महसुस गर्छन्। सन्तान र संस्कृतिबीचको पुल बन्न नसकेर बाबुआमाहरू थाकिरहेका छन्। सुन्दा विरोधाभासपूर्ण लाग्न सक्छ, तर यदि हामीले हामीलाई मात्र लक्षित गरेर कार्यक्रमहरू गरिरह्यौं भने, हिजोका कार्यक्रमहरूमै सीमित भएर दोहोर्याइरह्यौं भने, हाम्रो संस्कृति पनि हामीसँगै ओझेलमा जान्छ। कारण स्पष्ट छ—हामी हामीमुखी मात्र छौँ, हामी पहिलो पुस्तामुखी मात्र छौँ, दोस्रो पुस्ताका लागि हामीसँग कुनै कार्यक्रम छैन। हामी दोस्रो पुस्ता लक्षित कार्यक्रमप्रति बडो डरलाग्दो तरिकाले उदासीन छौँ।हामीले हाम्रो पुस्ताका भोगाइहरू सजिलो पार्ने, एक्लोपन घटाउने, र घर सम्झाउने कार्यक्रमहरूमा ध्यान दियौँ, भव्य-भव्य कार्यक्रम गर्यौँ, दुनियासामु आफ्नो पहिचान देखाउँदै गयौँ, तर बिडम्बना, यस ग्लोबल रेसमा हामीले हाम्रै भविष्य बिर्सियौँ। हाम्रा सन्तान अर्थात् आजको एनआरएनए को दोस्रो पुस्ता—एनआरएनएको भविष्य—प्रति हाम्रो ध्यान खस्किँदै गयो। जस्तो कर्म गरिन्छ, त्यस्तै फल भोगिन्छ—आज एनआरएनएले दोस्रो पुस्ता चिन्दैन भने दोस्रो पुस्ताले पनि एनआरएनए चिन्ने छैन। यो पनि स्मरण रहोस्—भविष्यप्रति विमुख भई कुनै समुदाय दीर्घकालसम्म टिक्दैन। एनआरएनए नेपालबाट भर्खर आएका मात्रको संस्था कदापि हुनु हुँदैन। एनआरएनए हाम्रा दोस्रो–तेस्रो पुस्ताको पनि अभिभावक हुनुपर्दछ। एनआरएनए वर्तमान मात्र होइन, एनआरएनए भविष्य पनि हो।म, देवेन्द्र खरेल—पेशाले रजिस्टर्ड नर्स, सन् २०२१ देखि NRNA SA मा पब्लिक अफिसर, र नेपाली पाठशाला एडिलेडको उपाध्यक्ष। मैले आफ्नो कार्यकालमा विभिन्न संघसंस्थाहरूको सहयोगमार्फत नेपाली समाजलाई प्रत्यक्ष फाइदा पुग्ने खालका ग्रान्ट दिलाएको छु, समुदायहरूलाई एकतामा बाँधेको छु, र नृत्य, संगीत र शिक्षामार्फत हाम्रो पहिचान जोगाउने कार्यमा अगुवाइ गरेको छु। र आजको दिनमा उभिएर भविष्यलाई हेर्दा, एउटा नयाँ तवरले, नयाँ दृष्टिकोणसहित म फेरि नेतृत्व सम्हाल्न चाहन्छु—हाम्रो सन्तान र संस्कृतिबीच आत्मीयता गहिर्याउने, सम्वेदना भर्ने यात्राको अगुवाइ गर्न।दृष्टिकोण – सबै पुस्तालाई आत्मगौरव दिलाउने NRNA SA:
नेपाल कनेक्ट २.० Nepal Connect 2.0
जेन–जेड र जेन–अल्फा पुस्तालाई लक्षित सामाजिक सञ्जाल तथा सिकाइ कार्यक्रम—हाम्रो चाडपर्वका जीवन्त भिडियोहरू, खेलजस्तो रमाइलो नेपाली भाषा सिकाइ, र मानसिक स्वास्थ्य फोरमहरू समावेश गरिने—ताकि हाम्रो संस्कृति उनीहरूका लागि पनि ‘कूल’ बनोस्।रुट्स एन्ड विङ्स मेन्टरशिप Roots & Wings Mentorship
१०–१८ वर्ष उमेरका युवालाई पहिलो पुस्ताका साथीहरूसँग जोड्ने। कथा, कविता, भिडियो, र डायस्पोरिक अनुभव सँगाल्दै उनीहरूलाई आत्मविश्वासका साथ नेपाली–अष्ट्रेलियाली प्रतिभाको रूपमा स्थापित गर्न सहयोग गर्ने।नेक्स्टजेन नेपाली इनोभेटर्स NextGen Nepali Innovators:
एप बनाउने, सिर्जनात्मक परियोजना गर्ने वा नेपाली संस्कृतिसँग जोडिएका डिजिटल सामग्री उत्पादन गर्ने दोस्रो पुस्ताका युवाहरूका लागि NRNA SA संरक्षक बन्नेछ—विकासको लागि अनुदान, मार्गदर्शन र अन्तर्राष्ट्रिय मञ्च प्रदान गरिनेछ।नेपाल इमर्सन छात्रवृत्ति Nepal Immersion Scholarships:
१८–२३ वर्षका दोस्रो पुस्ताका युवाहरूलाई नेपाल पठाएर ल्होसारदेखि तिहारसम्म, मेलादेखि जात्रासम्म नेपाली चाडपर्व तथा उत्सवहरूको प्रत्यक्ष अनुभव गराउने, संस्कृति बुझ्ने मौका दिने।विद्यालयमा नेपाली संस्कृति Nepali Culture in Schools:
दक्षिण अष्ट्रेलियाका विद्यालय पाठ्यक्रममा हाम्रो चाडपर्व र संस्कृति समावेश गराउने अभियान—ताकि हाम्रा सन्तानले गर्वका साथ आफ्नो पहिचान प्रस्तुत गर्न सकून्।‘माइन्ड एन्ड मोमो’ वेलनेस हब ‘Mind & Momo’ Wellness Hubs:
नेपाली योग, नेपाली भाषी काउन्सेलर, र मोमो सांझहरू मार्फत सबै पुस्तालाई मानसिक सशक्तिकरण र संवादको माध्यम प्रदान गर्ने।नवआगन्तुक विद्यार्थीहरूका लागि सहारा कार्यक्रम Bridge to Belonging: Support for Newcomer Students:
नयाँ आएका नेपाली विद्यार्थीहरूलाई आपतकालीन बास, सुरुवाती सामग्री, सरसल्लाह–सहयोग, र मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउने।निरन्तरतासँग प्रगति Continuity with Progress:
नयाँ पुस्ता र भविष्य केन्द्रित कार्यक्रमहरू ल्याउने क्रममा, म NRNA का सबै हालसम्मका कार्यक्रमहरूलाई पूर्ण रूपमा निरन्तरता र सुदृढता दिनेछु —समुदायिक कार्यक्रम, कल्याण योजना, सांस्कृतिक उत्सव तथा संस्थागत सहकार्यहरू—सबैलाई साथ लिएर हामी अघि बढ्नेछौं।म बजेट पुनःसंयोजन, क्राउडफन्डिङ, व्यवसायीक सहायता र युवाहरूको नेतृत्वमा कार्यदल बनाउँदै यी अभियानहरू कार्यान्वयनमा लैजानेछु। नारी निकुञ्ज, युवा फोरम र अन्य समुदाय–आधारित संस्थाहरूसँग मिलेर काम गरेको मेरो अनुभवले यो सम्भव बनाउनेछ।NRNA दक्षिण अष्ट्रेलियालाई हामी फेरि गर्विलो बनाउँछौँ—जहाँ सन्तानहरूले हाम्रा सम्पदा जोगाउनेछन्, बाबुआमाहरू दिग्दर्शक हुनेछन्, र हाम्रो सम्पूर्ण चाडपर्व उज्यालोको उत्सव बन्नेछ।मेरो यो अभियानलाई सफल बनाउन हजुर संम्पुर्णको साथ, सहयोग र प्रतिक्रिया अपरिहार्य छहजुरको समर्थन र रचनात्मक प्रतिक्रियाको लागी लींक कमेन्टमा छ वा \ ०४३३६१३७७७ मा सम्पर्क गर्नुहोला।
हाम्रो संस्कृति बचाऔँ, हाम्रो भविष्य निर्माण गरौं।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस