लामिछाने विरुद्द अभियोगपत्र दायर गर्दै सरकारी वकिल
२५ अगष्ट २०१९, काठमाण्डौ- पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा मुछिएका टिभी प्रस्तोता रवि लामिछानेविरुद्ध सरकारी वकिलले अभियोग पत्र दायर गर्ने तयारी गर्दैगरेको बुझीएको छ ।सरकारी वकिलले आइतवार ११ बजे अभियोगपत्र दायर गर्ने बुझिएको छ ।
सरकारी वकिलले अभियोग पत्र दायर गरेपछी भोलिदेखि सरकारी वकिल र लामिछानेलगायतका वकिलबीच बहस सुरु हुनेछ । लामिछाने रिहा हुने वा जेल जाने बहशले टुङ्गो लगाउने छ ।
रवीको समर्थनमा देशव्यापि आन्दोलन हुन थालेपछी चर्को दवावमा रहेको प्रहरी म्याद नथप्ने मनस्थितिमा पुगेको छ ।
पत्रकार शालिकराम पुडासैनीले आत्महत्यापुर्वको भनिएको एक भिडियोमा लामिछानेसँगै सञ्चारकर्मी युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीले आफुलाई आत्महत्या गर्न बाध्य पारेको बताएपछी अनुसन्धानको लागि भन्दै प्रहरी किटानी जाहेरी पर्ने २ दिन अगाडी नै पक्राउ गरेको थियो । यसबाट रवीका समर्थकहरु रुष्ट बनेका थिए ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस