मौसमका कारण एडिलेडको होली सारियो
२७ फेब्रुवरी २०२६, एडिलेड- एडिलेड नेपालले दक्षिण अस्ट्रेलियाको एडिलेडमा आयोजना गर्न लागेको होली कार्यक्रमलाई मौसमका कारण पछी सारेको छ । एडिलेड नेपालले आफ्नो सातौं होली कार्यक्रम शनिवार, २८ फेब्रुवरीका लागी तय भएकामा त्यस दिन अत्याधिक भारि बर्षा, चट्याङ तथा बाढी आउन सक्ने दक्षिण अस्ट्रेलियाको मौसम विभागको प्रक्षेपण पछी कार्यक्रमलाई एक साता पछी सारेको हो । कार्यक्रमको समय तथा स्थान भने यथावत राखिएको छ ।
परिवर्तित अवस्थामा होली शनिवार, ७ मार्चमा मिच्चेल पार्क खेल तथा सामुदायिक केन्द्रमा अपह्रान्न २ बजेदेखी ९ बजेसम्म आयोजना हुनेछ । कार्यक्रममा प्रवेश निशुल्क रहेको छ भने नेपालबाट आएका कलाकारहरुको प्रस्तुतिसमेत रहनेछ । कार्यक्रममा अर्जुन सापकोटा, रमेशराज भट्टराई तथा प्रोशेष पाण्डेको प्रस्तुति रहनेछ ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस