सुत्न पाईने अफिस
२० जनवरी २०२५, पर्पथ- र्थको एक कार्यालयले आफ्ना कर्मचारीहरूलाई काममा सुत्न प्रोत्साहित गरिरहेको छ । गएको बर्ष गरिएको एक शर्वेक्षणले गत वर्षमा देशका आधाभन्दा बढी कर्मचारीहरू थकित भएर काम गर्न आएको देखाएपछी कार्यालयहरूले कार्यालयमै कर्मचारी सुत्नका लागी प्रोत्साहन गर्न थालेका हुन ।
निद्रा सर्वेक्षण गर्ने निकाय HIF को तर्फबाट गरिएको सर्वेक्षणले औसतमा साताका काम गर्ने दिनहरू मध्ये एक दिन निद्राबाट प्रभावित भएको देखाएको थियो । कामदारले निद्राका कारण काम गर्न नसकेपछी कार्यालयको आम्दानीमा नकारात्मक प्रभाव पनि पर्ने नै भयो ।
तीस प्रतिशत भन्दा बढी अस्ट्रेलियहरूले थकानका कारण ‘सिक कल’ गर्नेगरेको समेत अर्को एक सर्वेक्षणले देखाएको थियो ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस