रुपन्देहीमा रास्वपाको प्यानलै बिजयी, घन्टीमा उत्साह
१३ जुलाई २०२५, रुपन्देही- रुपन्देहीमा भएको निर्वाचनमा रास्वपाको प्यानलै बिजयी भएको छ । रुपन्देहीमा आइतवार भएको टोल विकाश संस्थाको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनलाई हराउदै रास्वपाका उम्मेद्वारहरुले निर्वाचन जितेपछी रास्वपाका कार्यकर्ता उत्साहित भएका छन ।
आफ्ना दलका ठूला अपराधीहरुलाई स-साना सजाय दिई चोख्याँउदै आएका सत्तारूढ दलले पार्टी सभापति रवि लामिछानेलाई लामो समयदेखी सहकारी ठगको आरोपमा हिरासतमा राखेपछी रुस्ट बनेका रास्वपा कार्यकर्ता २०८४ सालमा हुने आम निर्वाचनमा आफ्नो पार्टीको बहुमत आउने र बर्तमान राजनितिक दलका नेताहरुलाई आफ्नो पार्टीले नेतृत्वमा गई सजाय दिलाउने आशमा बसेका छन । यस्तो घडीमा सत्तारुढ दलको जरा रहेका स्थानमा आफ्नो पार्टीले जितेपछी उनीहरु थप उत्साहित बनेका हुन ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस