ताजा खवरहरु:

घरेलु हिंसाका कारण अस्ट्रेलियामा एक भारतीय नारीको मृत्यू, पति हिरासतमा

घटना गएको आइतवार (२१ डिसेम्बर) को हो । एडिलेडको नर्थफिल्ड सवहर्वमा रहेको एक घरमा राती करिब साढे आठ तिर आपतकालिन सेवालाई सम्पर्क गरिन्छ । पारामेडिक्स हरुले उक्त घरमा एक महिलालाई अचेत अवस्थामा फेला पार्दछन ।

२५ डिसेम्बर २०२५, एडिलेड ‍(मिलन दाहाल)- दक्षिण अस्ट्रेलियाको एडिलेडमा भारतीय मूलकि एक महिलाको मृत्यू भएको छ । मृत्यू हुनेमा ३६ बर्षीय सुप्रिया ठाकुर रहेकि छन । हत्या आरोपमा उनकै ४१ बर्षिय पती हाल हिरासतमा रहेका छन ।

घटना गएको आइतवार (२१ डिसेम्बर) को हो । एडिलेडको नर्थफिल्ड सवहर्वमा रहेको एक घरमा राती करिब साढे आठ तिर आपतकालिन सेवालाई सम्पर्क गरिन्छ । पारामेडिक्स हरुले उक्त घरमा एक महिलालाई अचेत अवस्थामा फेला पार्दछन । उनलाई ब्युझाउने कोसिस त गर्छन तर उनको मृत्यू भैसकेको हुन्छ । हत्या अभियोगमा उनकै पतिलाई नियन्त्रणमा लिइन्छ र आरोपीत पतीलाई एडिलेडको म्याजिस्ट्रेट कोर्टमा सोमबार उपस्थित गराइएकामा पतिले घरौटीका लागी आवेदन नै गर्दैनन । पति हाल पुर्पक्षका लागी थुनामा छन । 

आफन्त तथा साथीभाइले पछिल्लो समयमा उनीहरुको सम्बन्धमा निकै चिसोपन रहेकाका कारण उनीहरु एक अर्कासँग नबोलिकन छोराका लागी एकै घरमा बसिरहेको बताएका छन । उनीहरुको एक नौ बर्षीय छोरा रहेको बताइएको छ । छोराका भविष्यका लागी निकै मिहिनेत गरिरहेकी सुप्रिया ठकुर नर्सिङ पढिरहेको बताइएको छ । 

मुद्दाको अन्तिम सुनुवाई सन २०२६ को मध्यतिर हुने अपेक्षा गरिएको छ । मुद्दाको अन्तिम सुनुवाई नहुँदासम्म पति हिरासतमै रहनेछन । 

अस्ट्रेलियामा २७ प्रतिशत महिला र १२ प्रतिशत पुरुषले आफ्ना पार्टनरहरुबाट हिसां ब्योर्होर्ने गरेको तथ्याङ्कहरुले देखाउछ । अस्ट्रेलियामा सन २०२३-२४ मा ५७ जना महिलाहरुले घरेलु हिसांका कारण ज्यान गुमाउनुपरेको थियो । सन् २०२५ को तथ्याङ्क सार्वजनिक भैसकेको छैन तर मद्य मार्चसम्ममा नै १४ जना महिला तथा ४ वालवालिकाको मृत्यू भैसकेका कारण सन् २०२५ मा यो संख्या थप बढ्ने अनुमान गरिएको छ । 

 

 


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading