ताजा खवरहरु:

सोबिताले पढाइन पुराना नेतालाई राजनितिक संस्कारको पाठ

उनले सत्तामा रहेका दलहरुले अदालतलाई प्रभाव पार्न खोजेको भन्दै त्यस्ता कार्य अबिलम्ब रोक्न समेत सुझाएकि छन । 

२६ जनवरी २०२५, काठमाण्डौ राष्ट्रिय स्वतन्त्र पार्टीकि नेता साबिता गौतमले पुराना भनिएका नेताहरूमा रत्तिभरपनि राजनीतिक संस्कार नरहेको भन्दै बढी नसकेपनि न्युनतम सीमामा रहन सुझाएकि छन । खासगरि नेकपा एमाले र नेपाली काँग्रेसका शीर्ष मानिएका नेताहरूले रबि लामिछानेलाई अदालतले दोषी करार गर्नुअधि नै लगाउने गरेको सहकारी ठगको आरोपप्रति कटाक्ष गर्दै “दुरासयपुर्ण अभियोग लागाउदै अदालत लगिनु र अदालतले फैसला गर्नु अघि नै अपराधी करार गरेर समाजमा झुठो भाष्य स्थापित गर्न गरिएको प्रयास राम्रो राजनितिक प्रवृत्ति होइन । सुशासन र कानुनी राज स्थापित गर्छौं भन्नेहरुले अदालतमा विचाराधिन रहेको मुद्दाको बिषयमा सडकमा न्यायधिस बन्दै हिडेको पटक्कै सुहाएन ।” गौतमले भनेकि छन । 

उनले सत्तामा रहेका दलहरुले अदालतलाई प्रभाव पार्न खोजेको भन्दै त्यस्ता कार्य अबिलम्ब रोक्न समेत सुझाएकि छन ।  साथै गौतमले अदालतमा विचाराधिन रहेको मुद्दावारे जनमानसमा भ्रम फैल्याउने खालका अभिव्यक्ति दिनेहरुलाई राज्यका सम्बन्धित निकायहरुले कारबाही गर्नुपर्ने भन्दै ध्यानाकर्षण समेत गराएकी छन ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading