भिक्टोरियाकी आमालाई छोराको अपत्यारिलो क्रिसमस उपहार
कागजको खोस्टो २१ लाख अस्ट्रेलियन डलरमा बदलियो
८ जनवरी २०२५, भिक्टोरिया- कहिलेकाही पत्याउनै नसकिने घटनाहरु हाम्रै सामु हामीलाई नै पात्र बनाएर घटिरहेका हुन्छन । संसार साँचै आश्चर्यको छ । उपहार स्वरुप पाएको एउटा कागजको खोस्टो २१ लाख अस्ट्रिलियन डलरमा बदलिन्छ भनेर कसले सोचेको हुन्छ र?
घटना अस्ट्रेलियाको एक राज्य भिक्टोरियाको हो । हालसालै गएको क्रिसमसको अवशरमा एक छोराले आमालाई चिठ्ठाको टिकट उपहार दिएका हुन्छन । जुन केही दिनमा २१ लाख ४० हजार अस्ट्रेलियन डलरको चिठ्ठाको बिजेता टिकट भइदिन्छ । त्योपनी आमाले सामाचारपत्र हेरेपछी चिठ्ठा आयोजकले बिजेता टिकट खोजिरहेको थाहा पाएपछी आफ्नो टिकट हेर्दा मात्र थाहा पाँउछिन ।
ति महिला यो जितको खबरले निकै खुसी भएको प्रतिक्रिया दिइन । यद्दपि उनले आफ्नो परिचय गोप्य राखिदिन अनुरोध गरेकि छन । आफ्ना रिणहरु तिर्ने र बिरामी पतिको उपचारमा त्यो पैसा खर्च गर्ने उनको योजना रहेको बताइन ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस