एनआरएनए अस्ट्रेलिया कसको बिर्ता? हुनुपर्दैन अस्विकृत सदस्यको पैसा फिर्ता?
२० जुलाई २०२५, अस्ट्रेलिया- ग़ैर आवासीय नेपाली संघ अस्ट्रेलियाको निर्वाचन आउन एक साता भन्दा कम समयमात्र बाँकी रहेको छ । उम्मेद्वारहरु प्रचारप्रसारमा व्यस्त छन ।निर्वाचन समितिका सदस्यहरुहरु निर्वाचन गराउने तयारीमा जुटेका छन । वर्तमान कार्समिती हामीले सदस्यता संख्या बढायौं भन्दै नाक ठाडो पारेर बसेको छ । सदस्यता आवेदन दिएर स्विकृत हुनेहरु कहिल्यै फ़ोन नआउने चिनेका तथा नचिनेका उम्मेद्वारको फ़ोनको जवाफ दिएर फुर्सद छैन । त्यो भन्दा पर्तिर, सदस्यता शूल्क तिरी सदस्यता स्विकृत नभएका एनआरएनएहरु छन, जसलाई सायदै आफ्नो सदस्यता स्विकृत नहुनाको कारण भनिएको होला न त सदस्यता शूल्क फिर्ता गरिएको छ वा फिर्ता गरिने चर्चासम्म कतै सुनिएको छ ।
अस्ट्रेलियामा यदि तपाईले कुनै सदस्यता शूल्क लाग्ने क्लवको सदस्यता आवेदन गर्नुभयो र कुनै कारणले त्यसको सदस्यता पाउने योग्यता तपाईमा रहेन रहेछ र सदस्यता आवेदन स्विकृत हुन सकेन । तपाईले त्यसको जानकारी तत्काल पाउनुहुन्छ र तपाईले सदस्यता शूल्क तिरेको रकम तपाईलाई तत्काल फिर्ता गरिन्छ । कुनै पेशागत संगठनहरुको सदस्यता आवेदनमा तपाईको योग्यता पुगेन भनेपनि एसेसमेन्ट गर्न कुनै शूल्क लाग्ने व्यवस्था छ भने सोभन्दा बाहेकको रकम तत्काल फिर्ता हुन्छ । गैर आवासीय नेपाली संघपनि अस्ट्रेलियामा अस्ट्रेलियाकै कानुन बमोजिम दर्ता रहेको नेपालीहरुहरुको संगठन हो । अझ पदाधिकारीले हामीलाई यहाका राजनितिक बृत्तले महत्व दिनाको कारण अत्याधिक पैसा तिरेर सदस्य बन्ने संस्था भएका कारण हो भन्नेहरुको पनि कमी छैन । यति धेरै सदस्य रहेका एनआरएनएको पदाधिकारीहरुलाई सदस्यता अस्विकृत भएपछी पैसा फिर्ता गर्नुपर्छ भन्ने सम्मको न्युनतम जानकारी छैन होला त? छैन भने गुगल सर्च गरेर सामान्य जानकारी लिन सकिन्छ । त्यति पनि क्षमता छैन भने गुगल सर्च गरेको सक्रिन सट यहां राखिएको छ ।
हुन त एनआरएनएको नेतृत्वले अजिवन सदस्यको महत्व बुझेको समेत देखिएको थिएन र आजिवन सदस्यहरुलाई समेत मतदान गर्ने अधिकार बाट बञ्चित गराउने चेष्टामा नेतृत्व रहेको थियो । ‘लातौंका भूत बातोंसे नहि मान्ता’ भन्ने उखानको मर्मअनुरुप पुर्व अध्यक्षसमेत रहेका केशव कडेंलले तीन दिनभित्र अजिवन सदस्यलाई मतदानको अधिकार दिने व्यवस्था नगरे कानुनी कठघरामा उभ्याउने चुनौती दिएपछी नेतृत्व आफ्नो उक्त चेस्टाबाट पछी हट्दै दिईएको समयसीमाभित्रै एक विज्ञाप्ति निकाली आजिवन सदस्यहरुलाई निर्वाचनमा समेट्ने व्यहोराको एक विज्ञाप्ति निकालेको थियो ।
गैर आवासीय नेपाली संघ अस्ट्रेलियाको विधान यसबारेमा अस्पस्ट रहेको छ अथवा सदस्यता अस्विकृत भएको अवस्थामा सदस्यता शूल्क के हुने भन्ने कुरा विधानमा लेखिएको छैन । जव कुनै संस्थाको विधानमा कुनै कुरा स्पस्ट हुदैन, त्यसमा सर्वमान्य निमम के छ भन्ने कुराले उक्त कुरालाई नियमन गर्ने गर्दछ । हामीले यसबारेमा सामान्य नियम के हुन्छ भन्नेबारेको दुइवटा उदाहरण र गुगल सर्चको स्क्रिनसट यसअधिनै राखिसकेका छौं । एक हजारभन्दा बढी सदस्यता शूल्क बुझाइ आवेदन दिएका अस्ट्रेलियन एनआरएनको सदस्यता शूल्क फिर्ता गरिएको छैन र सदस्यता स्विकृत नहुनुको कारणसमेत स्पस्ट बताइएको छैन । कि सदस्यता आवेदन गैरकानुनी छ भन्ने पुस्टि गर्न सक्नुपर्यो होइन भने सदस्यता शूल्क फिर्ता गर्नु पर्यो । यसरी आवेदन थाती राखीएका सदस्यहरुको शूल्क फिर्ता नदिइ २६ जुलाईमा निर्वाचन गराइएमा र उक्त विषयलाई असन्तुष्ट पक्षले एसिकमा लिएर गएमा यो निर्वाचन नै गैरकानुनी ठहर्न सक्ने कुरालाई नकार्न सकिन्न । पदाधिकारीको गैर जिम्मेवारीले भएको खर्चको भार त संस्थाले ब्यहोर्न सक्दैन । त्यस अवस्थामा वर्तमान नेतृत्वले निर्वाचन गराउदा लागेको सम्पुर्ण खर्च व्योहोर्नुपर्ने सम्मको अवस्था आउन सक्छ । तसर्थ, अस्ट्रेलियामा संस्थाको नेतृत्व गर्दैगर्दा यहाँको कानुनको समेत ख्याल गर्न जरुरी छ ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.


प्रतिकृया दिनुहोस