हप्तामा चार दिन मात्र काम?
३० जनवरी २०२५, एडिलेड- हामी हप्ताको पाँच दिन ९ देखी पाँच बजेसम्मको काममा बानी परेका छौं, करिब सयभन्दा बढी बर्ष अधिदेखी । उन्नाइसौं सताब्दीमा भएको कामदारहरुको आन्दोलनबाट प्राप्त ८ घण्टे दिन, हप्तामा ५ दिनको पथमा हामी सय बर्षभन्दा बढी समयदेखी हिडिरहेका छौं ? के यो सय बर्ष पुरानो उपलब्धि अहिलेपनि सान्दर्भिक छ त? कि मानिसहरुलाई यसभन्दा बढी फुर्सद चाहिन थालेको छ ? यदि तपाईलाई पनि यो नियम पुरानो भै-सक्यो, अब फेरि बदलिएको परिपेक्ष्यमा यसलाई पुनर्छलफल गरिनुपर्छ भन्ने सोच तपाँइको पनि छ भने तपाँइ एक्लो हुनुहुन्न । बेलायत, अमेरिका, अस्ट्रेलियालगायतका बिकसित देशहरुमा त कामदारहरुले ‘४ दिन काम’ भन्ने अभियान नै शुरु गरेका छन भने कतिपय कम्पनीहरुले यसको प्रयोग गरिरहेका छन भने कतिपयले आफ्नो व्यावसायमा यसले सकारात्मक प्राभाव पारेको निश्कर्ष निकाली स्थायी रुपमा लागु नै गरिसकेका छन ।
बेलायतका २ सयभन्दा बढी कम्पनीहरुले ४ दिने हप्ताको प्रयोग गर्दा कामदारहरुको उत्पादनशिलतामा बृद्दि भएको पाएपछी यसलाई स्थाइ रुपमा लागु नै गरिसकेका छन । यसरी हप्तामा ४ दिन काम गर्दा तपाईको दिन लामोसमेत पारिदैन र तलबसमेत घट्दैन । साबिककै तलबमा, सोही ९-५ कार्यसमयमा चार दिनमात्र कार्यालय जानुपर्ने । भएन त मज्जा?
अस्ट्रेलियाको सिड्नी, मेलबर्न, ब्रिसबेन लगायतका सबै ठुला शहरहरुमा आफ्नो शाका रहेको ‘क्लाक्सन’ नामको एक संचार व्यावसायले समेत हालसालै आफ्ना कामदारहरुलाई पुरानो ३८ घन्टेे कार्यतालिका बाट मुक्ति दिदै हप्ताको चार दिनमात्र काम गरे पुग्ने नियम लागु गरेको छ । क्लाक्सनका प्रमुख कार्यकारी निर्देशकले यसरी बदलिदो नियम लागु गर्दा कामारको उत्पादनशिलता बढेका कारण कम्पनीलाई अरु फाइदा भएको प्रतिकृया दिएका छन ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस