नेपाली पासपोर्ट कत्तिको शक्तिशाली?
३८ देशमा बिनाभिषा वा अनअराइभल भिषामा प्रवेश पाँउछन नेपाली
२ जनवरी २०२५, काठमाडौं- तपाईँ हामीले बोक्ने नेपाली पासपोर्ट कत्तिको शक्तिशाली होला भन्ने जिज्ञासा हुनु स्वाभाविक नै छ । पासपोर्टको रेङ्किङ्ग संसारका बिभिन्न संस्थाहरूले गरिरहेका हुन्छन । पासपोर्टको रेङ्किङ्ग तय गर्दा कुनैपनि देशलाई कतिबटा देशले भिसा नलिईकन प्रवेश आज्ञा दिन्छन भन्ने कुराले अहम भूमिका राख्छ। यसरी देशहरूले भिसाबिनानै प्रवेश दिनका लागी देशको कुल ग्राहस्त उत्पादन, निर्यात, साक्षरता, अन्य राष्ट्रहरूसँगको सम्बन्ध लगायतका कुराले भूमिका खेल्दछन।
सन् २०२४ गाइड पासपोर्ट रेङ्किङ्ग नेपाली पासपोर्टलाई निकै कम शक्तिशाली पासपोर्टहरुको सुचिमा राखेको छ । नेपाली पसपोर्टबाहकहरुले संसारका जम्मा ३८ देशमामात्र बिनाभिसा प्रवेश पउने भएकाले नेपाली पासपोर्टलाई १०२ औं स्थानमा राखेको हो । विश्वभरका १९१ देशहरुमध्ये नेपाली पारपोर्टबाहकहरु डोमिनिका, मगादस्कर लगायतका ३८ देशहरुमा मात्र बिना भिसा वा अन अराइभल भिसा अनुमति लिएर जान सक्छन ।
अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा लगातय विश्वका मुख्य गन्तब्यमा जानका लागी नेपालीहरुले भिषा आवेदन दिनुपर्ने हुन्छ । यस्ता देशहरुमा नेपालीहरुको भिषा आवेदन ठुलो अनुपातमा अस्विकृतसमे हुने गरेका छन ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस