नेपालमा थप ३२३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३ हजार २ सय ३५ पुग्यो

पछिल्लो समय नेापालमा संक्रमण फैलन क्रम तीब्र देखिएको छ ।  शनिबार एकै दिन तीन सय २३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको  छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शनिबार ३ सय २३ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको कुल संख्या ३ हजार २ सय ३५ पुगेको हो। नयाँ संक्रमितमध्ये २ सय ८६ जना पुरुष  र ३७ जना महिला रहेका छन्। 

यसअघि क्रमश: मंगलबार २८८, बुधबार २०१, बिहीवार ३३४ र  शुक्रबार २७८  जनाका कोरोना संक्रमण पुष्टि भएको थियो । नेपालमा संक्रमितको  संख्या बढ्ने क्रम बढ्दै गएको छ।

शनिबार पीसीआर विधिबाट ९२ हजार चार सय ७७ र आरडीटी विधिबाट एक लाख ३७ हजार चार सय ३७ जनाको नमुना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट चार हजार एक सय ११ र आरडीटी विधिबाट पाँच हजार पाँ सय ७० जनाको नमुना परीक्षण गरिएको छ। 

मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार एक लाख ६८ हजार ३१ जना क्वारेन्टाइनमा छन् ।

Leave a Reply