नेपालमा कोरोना संक्रमित बढ्ने क्रम तीब्र, एकैदिन थपिए २७८
नेपालमा कोरोनाको संक्रमण फैलने क्रम तीब्र भएको छ । गएको एकै दिनमा नेपालमा कोरोना भाइरसका २७८ जना संक्रमित थपिएका छन्। शुक्रबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारीअनुसार बिहीबारमात्र नेपालभरमा २७८ जना संक्रमित थपिएका हुन्।
नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय ९२ पुगेको छ। नेपालमा हालसम्म कोरोनाका ३३३ जना बिरामी निको बैसकेका छन भने संक्रमणका कारण ११ जनाले ज्यान गुमाएका छन ।
स्वास्थ मन्त्रालयका अनुसार शुक्रबारसम्म देशभरि १ लाख ६६ हजार ७६५ जना क्वारेन्टिनमा छन् । पछिल्लो समय भारतबाट नेपालीहरू आएसँगै संक्रमण तीब्र रूपमा फैलिएको छ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस