म्याग्दीका रमेश रोकाको ‘पानफुले बाइ’ सार्वजनिक

अष्ट्रेलियामा बसेर नेपाली कलासंस्कृतीको उत्थानमा लागिरहेका म्याग्दीका रमेश रोकाको लोक दोहोरी गीत सार्वजनिक गरेका छन । उनको ‘पानफुले बाइ’ बोलको गीत हालसालै सार्बजनिक भएको हो ।

मंगला गाउपालिका ५ अर्मन घर भई हाल अस्ट्रेलिया रहेका रोकाले सिर्जना गरेको उक्त गीतमा  किशोर सुवेदीको संगीत रहेको छ । गितमा म्याग्देली लोक गायक धु्रब जिसी र पार्वति थापाको स्वर छ ।

कलाकार बसन्त थापाको युट्युब च्यानल मार्फत सार्वजनिक भएको म्युजिक भिडियोमा कलाकार रामजी खाण र अभिनेत्री आयुष्मा कार्कीको अभिनय छ । गीतको म्युजिक भिडियो कोरोनाका कारण भएको लकडाउन शुरु हुनुभन्दा हुनुभन्दा ५ दिनअघि काठमाडौमा छायांकन भएको थियो । 

उक्त गीत रोकाको चौथो सिर्जना रहेको रोकाले नेपाल अष्ट्रेलिया समाचारलाई बताए । गीत माया प्रेममा आधारित रहेको र लामो समयपछि भेट हुदाका पललाई गीत मार्फत ब्यक्त गरिएको रोका बताउछन ।

Advertisements
Advertisements

Leave a Reply