चीनको एक टिभी च्यानलले सगरमाथा चीनमा मात्र पर्छ भनी २ मे मा गरेको ट्विट सच्याएको छ । उक्त टिभी च्यानलले २ मे मा सगरमाथाका केही तस्विर राख्दै सगरमाथा चीनको स्वसाशित क्षेत्र तिब्बतमा पर्ने लेखिएको थियो । ट्विटमा ‘चीनको स्वायत्त क्षेत्र तिब्बतमा रहेको विश्वकै सर्वोच्च शिखर सगरमथाको रुपमा चिनिएको चोमोलोङ्मा हिमालको आकाशमा शुक्रबार एक असाधारण सूर्यको प्रकाशको घेरा देखिएको छ’ लेखिएको थियो ।

हाल उक्त ट्विटमा रहेको “तिब्बत भन्ने शब्दलाई ‘नेपाल-चीन सीमा’ ले विस्थापन गरिएको छ । नेपाली सञ्चारमाध्यममा उक्त ट्विट आइतवार सार्वजनिक भएपछी सामाजिक सञ्जालमा चर्को विरोछ हुदै आएको थियो ।

Advertisements