अमेरिकामा ६१ हजार र बेलायतमा २६ हजारभन्दा बढीको मृत्यु

कोरोना संक्रमितको संख्या ३२ लाख नाघ्यो

विश्वभर कोरोना संक्रमितको संख्या ३२ लाख नाघेको छ । बिहिवार साँझसम्म विश्वभर कोरोना संक्रमितको संख्या ३२ लाख ३३ हजार पुगेको छ । कोरोनाको कारण अमेरिकामा मात्र ६१ हजार सातसयको मृत्यु भइसकेको छ भने बेलायतमा मृत्यु हुनेहरुको संख्या २६ हजार १ सय रहेको छ । यो संख्या अमेरिका र बेलायतको अस्पतालमा मृत्यु हुनेहरुको मात्र हो । 

बिहिवार साँझसम्म अमेरिकामा संक्रमितको संख्या १० लाख ६४ हजार पुगेको छ भने बेलायतमा १ लाख ६५ हजार बढी छ । कोरोनाका कारण सबैभन्दा बढी मानिसको मृत्यु हुनेमा बेलायत तेस्रो देश हो ।  विश्वभरमा कोरोनाका कारण सबैभन्दा बढी मानिसको मृत्यु हुने देश अमेरिका रहेको छ भने दोस्रो इटाली रहेको छ । इटालीमा कोरोना संक्रमितको संख्या २ लाख ३ हजार छ भने कोरोनाको कारण मृत्यु हुनेहरुको संख्या २७ हजार ६ सय ८२ रहेको छ । 

यसैगरि स्पेन र फ्रान्स कोरोनाबाट सबैभन्दा बढी मनिस मर्ने चौथो र पाचौँ देश हुन । स्पेनमा हालसम्म कोरोनाका कारण २४ हजार २ सय ७५ ले ज्यान गुमाएका छन भने कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार पुगेको छ । फ्रान्समा हालसम्म २४ हजार १ सयजनाको कोरोनाका कारण मृत्यु भएको छ भने संक्रमितको संख्या १ लाख ६६ हजार ४ सय २० पुगेको छ । 

भारतमा कोरोना संक्रमितको संख्या ३३ हजार नाघेको छ भने हालसम्म १ हजार ७९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन । नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेका छन भने हालसम्म कोरोनाको कारण सकैको मृत्यु नभएको बताइएको छ । 

अष्ट्रेलियामा भने संक्रमण हुनेहरुको संख्या ६ हजार ७ सय ५३ रहेकोमा ५ हजार ७ सय १४ जना निको भैसकेका छन भने ९१ जनाको मृत्यु भएको छ । अष्ट्रेलियामा ९४८ जना निको हुन बाँकी कोरोना संक्रमित रहेका छन । 

Advertisements

Leave a Reply