ताजा खवरहरु:

नेपालमा ४९ जनामा कोरोना पुष्टि; कुन जिल्लामा कति?

चीनको वुहानबाट शुरू भइ विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा समेत पछिल्लो समयमा बढ्दै गएको छ । नेपालमा हालसम्म ४९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । स्वास्थ्य मन्त्रालयले बताए अनुसार कोरोना संक्रमण हुनेहरुमा उदयपुरका २८ जना, काठमाडौका ०४ जना, कैलालीका ०४ जना, पर्साका ०३ जना, बाग्लुङका ०२ जना, चितवनका ०२ जना, कास्कीका ०१ जना, कंचनपुरका ०१ जना, राैतहटका ०१ जना, सर्लाहीका ०१ जना, भोजपुरका ०१ जना र झापाका ०१ जाना रहेका छन।

विश्वभर २८ लाख ३० हजारभन्दा बढीमा कोरोनाको संक्रमण फैलिसकेको छ भने अमेरिकामा मात्र ५२ हजार भन्दा बढीको मृत्यु भइसकेको छ । छिमेकी मुलुक भारतमा पनि लगभग २५ हजारलाई कोरोना संक्रमण भइसकेको छ भने संक्रमणका कारण ७८० जनाको मृत्यु भइसकेको छ ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading