नेपालमा बढ्दै कोरोना संक्रमण, थप दुइमा देखियो

नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमित संख्या सोमबार २ जना नयां संक्रमित भेटिएपछी बढेर १४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा नेपालमा संक्रमित संख्या १४ पुगेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
उनका अनुसार कैलालीको लम्किचुहा नगरपालिकाकी बासिन्दा ६५ वर्षीया एक महिलालाई संक्रमण भएको हो । त्यस्तै राैतहटकाे क्ववेन्टाइनमा रहेका १९ वर्षीया पुरूषमा पनि संक्रमण देखिएको छ ।  र्यापिड टेष्टमा भाइरस फेला नपरेपछि घर पठाइएकी ती महिलामा  पछि काठमाडौमा पुन: गरिएको परीक्षणबाट संक्रमण पुष्टि भएको हाे ।
उनी वीरगञ्ज नाकाकी चिया पसले रहेको खुलेको छ । लक डाउनका कारण समस्यामा परेकाहरू उनीसहित १७ जनालाई स्थानीय प्रशासनले उद्दार गरेर चैत १७ मा कैलालीको लम्की पठाएको थियो ।
उनीलाई स्थानीय जनप्रतिनिधिले लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखेका थिए । पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना संक्रमणको पुष्टि भएपछि उनीहरु सबैलाई फेरि क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको छ ।

Advertisements

Leave a Reply