अष्ट्रेलियामा घट्दै कोरोनाको प्रभाव, ३ हजारभन्दा कम कोरोनाका बिरामी

चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसले विश्वलाई गाँज्दै गर्दा अष्ट्रेलियामा भने कोरोनाको प्रभाव घट्न थालेको छ । आइतवार अपह्रान्न ३ बजे सम्मको तथ्याकंअनुसार अष्ट्रेलियामा जम्मा ६ हजार ३ सय १३ जनामा कोरोना संक्रमण देखिएकामा त्यसको आधा अर्थात ३ हजार ३ सय ३३ जना संक्रमितहरु स्वास्थ अवस्थामा फर्किइसकेका छन । अष्ट्रेलियन सरकारको स्वास्थ विभागको तथ्ताकंअनुसार अष्ट्रेलियामा २ हजार ९ सय १६ जनामात्र कोरोनाका बिरामी रहेका छन । 

कोरोनाका बाँकी बिरामी मध्ये २३९ जना अस्पतालमा भर्ना भएका छन । जम्मा २३९ जना अस्पताल भर्ना भएकांध्ये ८१ जना सघन उपचार कक्षमा उपचाररत छन । 

अष्ट्रेलियामा करिब ३ लाख ५४ हजारमा कोरोनाको परिक्षण गरिदा ६ हजार ३ सय १३ जनामा संक्रमण पोजिटिभ देखिएको हो । 

अष्ट्रेलियामा कोरोना भाइरसका कारण जम्मा ५९ जनाको मृत्यु भएका मा सबै ५० बर्षमाथीका रहेका छन । ५०-५९ बर्षसमुहका १ जना, ६०-६९ बर्ष समुहका ७ जना, ७०-७९ बर्षसुहका १८ जना, ८०-८९ बर्षसमुहका २२ जना र ९० बर्षमाथीका ६ जना रहेका छन ।  मृत्यु भएकामा ३९ जना पुरुष र २० जना महिला रहेका छन । 

सोमबार बिहानसम्म विश्वभर कोरोना भाइरसकामा १८ लाख ५० हजारभन्दा बढी संक्रमित भइसकेका छन भने १ लाख १४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । अमेरिकामा मात्र कोरोनाका बिरामीको संख्या ५ लाख ६० हजार नाघिसकेको छ भने २२ हजार  बढीको मृत्यु भएको छ । यसैगरि कोरोनाका कारण इटालीमा करिब २० हजार, स्पेनमा १७ हजार २ सय, फ्रान्समा १४ हजार ४ सय र संयुक्त अधिराज्यमा १० हजार ६ सयभन्दा बढीको मृत्यु भइसकेको छ । 

अष्ट्रेलियामा कडा सरकारी नियमनका कारण कोरोना नियन्त्रणमा आएको हो । कोरोना भाइरस फैलिन नदिन सरकारले लागु गरेको नियमको उलंघन गर्नेहरुलाई हालसम्म १० लाख डलरभन्दा बढीको जरिवाना गराइसकिएको छ । कोरोनाको नियम उलघंन गर्नेहरुमध्ये क्विन्सल्याण्डमा ६ लाख १० हजार र भिक्टोरीयामा १ लाख ६० हजार डलर जरिवाना गरिएको छ । 

Advertisements
Advertisements

Leave a Reply