ताजा खवरहरु:

नेपाली उत्पादनलाई प्रोत्साहन गर्न ‘मेड इन नेपाल’

काठमाडौं–काठमाडौंको भृकृटी मण्डपमा चैत २७ देखि ३० गतेसम्म चार दिन 'मेड इन नेपाल' प्रदर्शनी आयोजना हुने भएको छ। नेपाल युवा उद्यमी मञ्चको आयोजना तथा शिवम् सिमेन्टको मुख्य प्रायोजनमा नेपालमा उत्पादित वस्तु तथा सेवाको प्रदर्शनी हुन लागेको हो। आयोजकले बुधबार नेपाल उद्योग वाणिज्य महासंघको सभाहलमा पत्रकार सम्मेलन गरे मेला बारे जानकारी दिएको हो।  अध्यक्ष निरञ्जन श्रेष्ठले जानकारी दिए। 'हाम्रो पनि राम्रो पनि' नाराका साथ आयोजना हुने मेलाले नेपालमा उत्पादित सामानको अधिकतम प्रयोगलाई जोड दिने उनले बताए। मेलामा उपस्थित हुन सबै पूर्वप्रधानमन्त्री एवं ब्यापारिक समूहका नेताले प्रतिबद्धता जनाईसकेको पनि उनले बताए।मेलाको मुख्य प्रायोजक शिवम् सिमेन्टका अध्यक्ष सुरेन्द्र गोयलले स्वदेशी उत्पादनको अधिकतम प्रयोग गरी आयात प्रतिस्थापन गर्नुपर्नेमा जोड दिए।   पत्रकार सम्मेलनमै शिवम्ले ३ वर्षसम्म 'मेड ईन नेपाल' कार्यक्रमलाई सघाउने बारे सम्झौता भयो। मेलाको सह–आयोजक फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएसन अफ नेपालका अध्यक्ष रवीन्द्रकुमार श्रेष्ठले स्वेदशी वस्तुको प्रयोगमा आफूहरु लागिरहेको बताए।चारदिनसम्म चल्ने मेलाको प्रवेश शुल्क २० रुपैयाँ तोकिएको छ। आयोजकले पठाएको निमन्त्रणा पत्र वा नेपाली वस्तु लगाएर जाने अवलोकनकर्तालाई निशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ। मेलामा रहने १ सय ३० स्टल मध्ये ३० ओटा स्टल साना तथा लघुउद्यमका छन्। ३० प्रतिसतभन्दा बढी आन्तरिक मूल्य अभिबृद्धि भएका सामान मेड नेपालको कार्यक्रममा रहने आयोजकले जनाएका छन्। 


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading