ताजा खवरहरु:

पेट घटाउन चाहनुहुन्छ ? अपनाउनुस् यी १८ उपाय

पेट लाग्नु र मोटाउनु अस्वस्थ शरीरको सूचक हो। तर अहिले पनि कतिपय समाजमा पेट लाग्नुलाई प्रतिष्ठाको विषय मानिन्छ। मोटोपन आमा कुनै रोग होइन तर मोटाउन थालेपछि हाम्रो शरीरमा अनेकौं रोगले घर बनाउन थाल्छन्। त्यसमा पनि पेट बढ्नु वा पेटको मोटाइलाई चिकित्सा विज्ञानले मुटुरोग, मधुमेह, दम, उच्च रक्तचाप, पेट तथा हर्मोनसम्बन्धी रोगहरूको प्रमुख कारक मानेको छ। हाम्रो शरीरमा सबैभन्दा पहिले र सबैभन्दा धेरै बोसो लाग्ने क्षेत्र पनि पेट नै हो। यो भागमा बोसो लागिसकेपछि यसलाई घटाउन असाध्यै गाह्रो पर्छ। बढेको पेटबाट ‘ल्याक्टिन घेरिन एडिपोनेक्सन’ जस्ता हानिकारक तत्व निस्कन्छन्। यी तत्व हरूले टाइप टु मधुमेह, मुुटुरोग र अन्य धेरै रोग लाग्छन्। एकपटक पेट बढेपछि घटाउन मुस्किल पर्छ। तर निम्न प्राकृतिक उपायहरूको अवलम्बन गरे केही समयभित्र पेट घटाउन सकिन्छ।

१. फाइबरयुक्त खाना : हामीले खाने खानामा पाइने रूक्षांश (फाइबर)ले कुनै पौष्टिकता त दिँदैन तर फाइबर भएका खानाले अनेकौं फाइदा पु-याउँछन्। घुलनशील रुक्षांश (फाइबर)  खाँदा त्यो पानीमा घुलेर खानालाई फुलाइदिन्छ। खानेकुरा फुलेपछि यसले भोकलाई चाँडै तृप्त गरिदिन्छ भने खानाको पाचन क्रियालाई सुस्त तथा क्यालोरी अवशोषणलाई पनि कम गरिदिन्छ। अध्ययन अनुसन्धानहरूको निचोड भन्छ– १० ग्राम घुलनशील रुक्षांश(फाइबर)को अतिरिक्त प्रयागले पेट बढ्ने  क्रियालाई ३.७ प्रतिशत कम गर्छ।

घुलनशील फाइबरको मुख्य स्रोत भनेको सामा, कगुनी चामल, चिनो चामल, कोदो, जबार, बाजरा, आलस, आबोकादो, ब्ल्याक बेरी, दाल, गेडागुडी, हरिया सागपात आदि हुन्।

२. ट्रान्सप्याट (तेल राखी सुरक्षित गरिएका) खाना नखाने
हाइड्रोजन परमाणु पम्प बनाइएको हाइड्रोजेनेटेड फ्याटलाई ट्रान्सफ्याट भनिन्छ। प्राकृतिक तेलहरूलाई धेरै तताउँदा     पनि तेल ट्रान्सफ्याटमा परिवर्तित हुन्छ। बोतल, बट्टाहरूमा राखिएका खानेकुरा, जंक फुडहरूमा ट्रान्सफ्याट हालिएको हुन्छ। ट्रान्सफ्याट  मुटुरोग, मधुमेह, नसा, नाडीको क्षय, बात, मोटोपन, मेटाबोलिक सिन्ड्रोम, ग्यासट्राइटिस, डिसलिपिडिमिया, डिमेन्सियाजस्ता रोग लाग्नुमा ट्रान्सफ्याटयुक्त खानाको भूमिका हुन्छ। यसर्थ पेट घटाउन चाहनेले ट्रान्सफ्याटयुक्त खानाबाट बच्नुपर्छ।

३. मदिरापान गर्दै नगरौं
मदिरापान र पेट बढ्ने प्रक्रियाको सम्बन्ध छ। यस विषयमा केही तथ्य स्वास्थ्य अनुसन्धानहरूले प्रमाणित गरेका छन्। तथ्य के हो भने जो बढी मदिरा पिउँछन्, उनीहरूको पेट बढेको छ। यसर्थ पेट घटाउन चाहनेहरूले मदिरा पिउनै हुँदैन।

४. उपवास बस्ने गरौं
उपवास धेरै किसिमका हुन्छन् तर पेट घटाउन हप्तामा एक दिन उपवास बस्नु सबैभन्दा उत्तम मानिन्छ। वर्षको दुईचोटि कुनै प्राकृतिक चिकित्सा केन्द्रमा गएर पाँचदेखि सात दिनसम्म उपवास गर्दा पनि पेट घट्नाका साथै सम्पूर्ण शरीरकै तौल सन्तुलनमा आउँछ।

५. जडीबुटीको काँढा पिउने गरौं
गुर्जो, तुलसी, विजयसाल, हरियो चियाजस्ता जडीबुटीको काँढाको नियमित सेवनले पेट घटाउन मद्दत गर्छन्। यी काँढामा ‘इपिग्यालोक्याटेचिन ग्याले’ नामक एन्टिअक्सिडेन्ट पाइन्छ। यो यौगिकले मेटाबोलिजम बढाएर तौल घटाउन मद्दत गर्छ।

६. प्रोबायोटिक्सयुक्त खानेकुरा खाने गरौं
हाम्रो शरीरको आन्द्राहरूमा प्रशस्त ब्याक्टेरियाहरू हुन्छन्। यी ब्याक्टेरियाहरू वृद्धि हुँदा हाम्रो शरीरलाई फाइदै हुन्छ। प्रोबायोटिक्सयुक्त खोकुरा भनेको शरीरमा भएका किटाणुहरू जस्तै हो। प्रोबायोटिक्सयुक्त खानेकुराहरू खाँदा हाम्रो पाचनमा सुधार हुने र तौल घट्ने अनुसन्धानहरूले देखाएका छन्। यसमा दही, काँक्रा, चुकन्दर, गाँजरजस्ता खानेकुरा पर्छन्।

७. संरक्षित खानेकुराहरू नखाऔं
लामो समय राखेर खान मिल्ने बनाइएका खानाहरूलाई संरक्षित खानेकुरा भनिन्छ। खानेकुरा संरक्षण गर्न अनेकौं किसिमका केमिकल तथा चिनी, नुन, तेलजस्ता तŒवहरू हालिएको हुँदा यस्ता खानेकुराहरूले तौल बढाउँछन्। यसैकारण यस्ता खानेकुराबाट टाढा रहनुपर्छ।

८. एप्पल साइडर भिनेगरको प्रयोग
१२ हप्तासम्म १५ मिलि एप्पलसाइडर भिनेगर खाने मोटा व्यक्तिहरूको तौल घटाएर पेट पनि  पनि एक इन्चसम्म घटाउँछ भन्ने कुरा केही मानव एवं जनावरहरूमा गरिएको अध्ययनले पुष्टि गरिसकेको छ। एप्पल साइडर भिनेगरको प्रयोगले सुगर घटाउने भुँडीको बोसो घटाउने, राम्रोसँग मूत्र सञ्चालन गर्नेजस्ता अनेकौं फाइदा पु¥याउँछ। स्वस्थ व्यक्तिले १५ देखि ३० मिलिसम्म एप्पल साइडर भिनेगरलाई प्रयोग गर्न सक्छन् तर प्रयोग गर्दा यसमा पर्याप्त पानी हालेर गर्नुपर्छ। नत्र यसले दाँतको इनामेल खुइल्याउन सक्छ।

९. उच्च प्रोटिनयुक्त खानेकुरा खाने गरौं
उच्च प्रोटिनयुक्त खानेकुरा खाँदा पिप्टाइड टाइसोरिन(तृप्तीकारक हर्मोन) उत्पादन हुने हुँदा थोरै खाँदा पनि तृप्ती मिल्छ अर्थात् भोक शान्त हुन्छ। प्रोटिनले धेरै परिमाणमा खानाको खपत नगर्ने हुनाले भुँडी ठूलो हुन पाउँदैन। तर यस्ता प्रोटिन प्राप्त गर्नसकेसम्म वनस्पतिजन्य चिजलाई नै प्रयोग गर्नु राम्रो मानिन्छ।

१०. तनाव व्यवस्थापन गर्ने
तनावपूर्ण स्थितिमा एड्रिनल ग्रन्थी ज्यादा सक्रिय भएर धेरै कर्टिसोल हर्माेन उत्पादन गर्छ र कर्टिसोलको रक्तस्तर बढ्छ। जसले धेरै भोक लगाउँछ। प्रारम्भिक दिनमा फ्याट घटाउन सहयोग गरे पनि पछि गएर भुँडी तथा तौल बढाउने गर्छ। यसर्थ भँुडी घटाउन चाहनेहरूले तनाव व्यवस्थापन गर्नुपर्ने हुन्छ। तनाव व्यवस्थापनको महत्वपूर्ण अस्त्र भनेको योग तथा ध्यान हो।

११. चिनी राखेका पेयपदार्थ प्रयोग नगर्ने
प्रशोधित चिनी हालेका  खानेकुराहरू जस्तै चिया, कफी, रेडिमेड जुस, कोकाकोला, पेप्सीकोला र मिठाइको सेवनले क्यालोरी थप्छन्। यस्ता क्यालोरीले पेट बढाउँछ। तसर्थ यस्ता पेय पदार्थको प्रयोग नगर्नु राम्रो हुन्छ।

१२. घरेलु तेल प्रयोग गर्ने
तौल घटाउन चाहनेहरूले जथाभाबी बजारी तेलभन्दा सकेसम्म घरमै बनेका तेल प्रयोग गर्नुपर्छ। त्यस्ता तेलको प्रयोगले मोटोपना घटाउन सकिन्छ। घरमै तयार गरिएका सूर्यमुखी, बदाम तथा तोरीको तेल प्रयोग गर्नाले पेट बढ्न दिँदैन। बजारमा प्रशोधित तथा कारखानामा संरक्षण गरी राखिएका तेलमा बोसोयुक्त एसिड हुन्छ। यो एसिडले पेट मोटो पार्न मद्दत गर्छ। तसर्थ सकेसम्म यस्ता तेल प्रयोग नगरौं।  

१३. कार्डियोक व्यायाम गर्ने
कार्डियोक व्यायामले श्वासको गति बढाउँछ। यस्तो व्यायामले अतिरिक्त क्यालोरी खपत हुने हुनाले चाँडै तौल तथा पेटको मोटाइ घट्छ।

१४. पर्याप्त निदाउने
गहिरो निद्रा स्वस्थ शरीर एवं मनका लागि अपरिहार्य छ। दैनिक पाँच घन्टाभन्दा कम निदाउनेहरूको भुँडी चाँडो लागेको पाइएको छ। सुत्दा घुर्नेहरूको पेट पनि अन्यको भन्दा ठूलो हुने गरेको छ। पेट घटाउनाका लागि गहिरो निद्रा आवश्यक हुन्छ। यसर्थ आपूmमा निद्रासम्बन्धी कुनै समस्या देखिएमा तुरुन्तै यसको व्यवस्थापन गर्ने।

१५. सागपात एवं फलफूल प्रशस्त खाने
बोसो लाग्ने क्रियालाई तोड्न आफ्नो भित्री शरीरलाई एकपल्ट पूर्णरूपमा शुद्धीकरण (सफा) गर्नुपर्ने हुन्छ। भित्री शरीर सफा गर्न पर्याप्त मात्रमा सागपात एवं फलपूmल सेवन गर्नुपर्छ। सागपात एवं फलपूmल मात्र खाने हो भने महिनामा १० किलोसम्म पेट घटाउन सकिन्छ। सागपात एवं फलपूmल खाने गर्दा शरीरको प्रणालीले  बोसो घटाउने काम गर्न थाल्छ।

१६. पेटको व्यायाम गर्ने गरौं
पेट लाग्नुको प्रमुख कारणमध्ये पेटलाई प्रभाव पार्ने खालका व्यायाम नगर्नु पनि हो। पेट घटाउन चाहनेहरूले  क्रन्च (पेट तन्किने) खालका व्यायामहरू, साइड क्रन्च, रिभर्स क्रन्च, भर्टिकल लेग क्रन्च, साइक्लिङ, लेग ट्विस्ट, उड्यान बन्ध, अग्निसार क्रिया जस्ता पेटका व्यायामहरू गर्न सकिन्छ।

१७. हाई फ्रुक्टोज कर्न सिरप सेवन नगर्ने
मकैलाई प्रशोधन गरेर तयार गरिएको गुलियोलाई हाइ फ्रुक्टोज कर्न सिरप भनिन्छ। यो गुलियो अति स्वादिष्ट हुने भएकाले सबैजसो जंकफुडमा राखिएको हुन्छ। कलेजोमा बोसो लाग्नेदेखि  पेट लाग्ने तथा तौल बढ्नेसम्मका समस्याहरू यसकै सेवनले हुन्छ।  

१८. कार्बोहाइड्रेटयुक्त खाना कम खाने
बढी कार्बोहाईडटयुक्त खाना खाँदा थप कार्बोहाईडे«ट सी फ्याटमा रुपान्तरित भई बोसो लाग्छ। यसर्थ पेट घटाउने हो भने थप कार्बोहाइडे«को प्रयोग नगरौं।  

 


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading