पुरुष गर्भनिरोधक सुइ: एकपटक लगाएपछी १५ बर्ष ढुक्क

गर्भ हुन नदिनका लागि महिलाहरुले प्रयोग गर्ने सँगीनि सुइबारे त धेरैलाई थाहा छ । पुरुषहरुले प्रयोग गर्न मिल्ने  यस्तैखाले सुइ आउन लागेको बैज्ञानिकहरुले बताएका छन र आगामी ६ महिनाभित्रै यस्ता सुइ पसलमा उपलब्ध हुने उनीहरुको दाबी छ ।

भारतको औषधीहरुको अनुसंधान गर्ने निकाय ‘इन्डियन काउन्सिल फर मेडिकल रिसर्च’ ले आफ्नो प्रयोग पुरा गरि  भारतको ‘ड्रग कन्ट्रोलर जनरल’ को कार्यालयमा अन्तिम अनुमतिका लागी पठाएको बताएको छ । ‘ड्रग कन्ट्रोलर जनरल’ को कार्यालयको अनुमतिपछी उक्त औषधी बजारमा उपलब्ध हुनेछ । 

पुरुषहरुमा गर्भनिरोधका लागी हाल रहेको एकमात्र उपाय भ्यासेक्टोमीलाई विस्थापन गर्ने भनिएको यो सुइ एकपटक लगाएछी १५ बर्षसम्म गर्भ नरहने दाबी गरिएको छ । 

Advertisements
Advertisements

Leave a Reply