नेपालमा रोहिंग्या शरणार्थीको भीड, बनाए २३ टहरा
म्यानमारबाट विस्थापित रोहिंग्या समुदायका ५० परिवारले पनौती नगरपालिका–३ कुशादेवी बन्चरेटारमा २३ टहरा निर्माण गरेका छन् ।
म्यानमारबाट विस्थापित रोहिंग्या समुदायका ५० परिवारले पनौती नगरपालिका–३ कुशादेवी बन्चरेटारमा २३ टहरा निर्माण गरेका छन् ।
स्थानीय सरकारलाई काम गर्ने मजदुरका रुपमा जानकारी दिएर धमाधम टहरा निर्माण गरिएको हो । उनीहरु १६ दिनअघि काठमाडौंमा बसोबास गर्दै आएका थिए ।
‘कुशादेवीकै ठेकेदार रामेश्वर थापाले आफ्नो ठेक्कामा मजदुरी गराउने उद्देश्यले बसोबास मिलाएका हुन्’, रोहिंग्या समुदायका अगुवा मोहमद ऐसुपले भने।‘काठमाडौंको बूढानिलकण्ठको कपनस्थित लसुनेटारबाट पनौतीको कुशादेवीमा आएका हौँ ।’ यो समाचार आजको नेपाल समाचारपत्रमा मोतीराम तिमल्सिनाले लेखेका छन् ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस