ताजा खवरहरु:

नेपालले हात पार्यो फुटबलको स्वर्ण, जम्मा स्वर्ण ५१

दक्षिण एसियाली खेलकुद (साग) फुटबलमा नेपालले पुन उपाधी  जितेको छ। मंगलबार दशरथ रंगशालामा भुटानलाई २–१ ले हराउदै  स्वर्ण जितेको हो। नेपालका लागि खेलको १६ ‍औं मिनेटमा अभिषेक रिजालले  गोल हालेका थिए। कप्तान तथा स्ट्राइकर घाइते भएर मैदान बाहिर निस्कनेबित्तिकै विंगर रिजालले नेपाललाई अग्रता दिलाएका थिए । खेलको ३७ औं मिनेटमा भुटानी कप्तान चेन्चो ग्याल्सेनले गोल फर्काएर बराबरीमा ल्याए पनि खेलको ५३ औं मिनेटमा सुनिल बलले हेडिङबाट गोल थपे । सुनिलको गोल नै खेलका लागि अन्तिम गोल रह्यो। 

तीन वर्षअघि भारतमा भएको सागमा नेपालले आयोजक भारतलाई हराएर स्वर्ण जितेको थियो। आज भएको खेलमा स्वर्ण जितेसँगै नेपालले पाकिस्तानसँगको रेकर्ड बराबर गरेको छ। साग फुटबल इतिहासमा पाकिस्तान र नेपालले चार–चार पटक उपाधि जितेका छन्।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading