ताजा खवरहरु:

एभरग्रीन जवानी

प्रकृति चापागाईं- टेबलमा किताब थियो। बाहिरी गातामा हरियो रंगले ‘EVERGREEN’ लेखिएको त्यो किताब हेर्दै जवान थियो।वास्तवमा त्यो किताब छापिएको कति दिन भयो त?हेर्दा त जवान छ।झन किताबको नाम’EVERGREEN’!!

EVERGREEN पढेर तेज सन्तुष्ट थिएन।ऊ जवानी बुझ्न चाहान्थ्यो।बुझाइका छालहरुलाई कागजमा पोत्नु थियो।
हरेक दिन उसको दिनचर्या एउटै हुन्थ्यो।परेली उघार्नु अघि नै उसका पैताला जमिनमा हुन्थे।पूर्वपट्टिको झ्याल छेउको कुर्सीमा पुगेर बसेपछि आँखा खोल्थ्यो।पृथ्वीको लागि हरेक बिहान जवान देखिने त्यो घाम उसको लागि पनि जवान थियो।उसले त्यो जवानी देख्दा देख्दै घाम माथि आइपुग्थ्यो।अनि उसले देखेको त्यो जवानी रहँदैनथ्यो।यसरी हरेक बिहान ऊ पहिलोपल्ट निरास हुन्थ्यो।घामको उज्यालोले देखिने हरियो वनस्पतिहरू हेर्दै ऊ सोच्थ्यो”के यही जवानी हो त?ती रुखहरु त बढ्दैछन,आफ्नो आयु घटाउँदैछन।अहँ,तिनीहरूलाई म जवानीको ताज कसरी दिउँ?”
अनि ऊ ऐनामा गएर आफूलाई हेर्थ्यो।दिनप्रतिदिन बुढो हुदै गएको आभास हुन्थ्यो उसलाई।लामो कपाल र झ्याप्प दाह्री,हेर्दा ऊ यस्तै थियो।ऊ घर बाहिर निस्किन्थ्यो र घुम्तीमा गइ चुरोट किन्थ्यो।चुरोट किन्दा पसलेलाई दिएको पैसा खुब हेर्थ्यो उसले।हुन सक्छ पैसामा पनि ऊ जवानी खोज्छ।चुरोटको धुवां केहीबेर उडाएपछि चुरोट सकिदै गएको देखेर निरास हुनु र थचक्क कुर्सीमा बस्नु….यो दैनिकी हरेकपल्ट पसलेले देख्थ्यो।तर अब त उसका तेज प्रतिका प्रश्नहरु ओईलाईसकेका थिए।कति सोध्दा पनि तेजको मुखबाट आवाज निस्केन।कुर्सीमा बसिबसि ऊ बाटो हेर्थ्यो,हेर्दा नजिक देखिने टाढे पहाडहरु हेर्थ्यो।यस्तो लाग्थ्यो की ऊ दूरबाट पहाडभित्र केही खोज्दैछ।घुम्तीमा आउने जाने मानिस नियाल्थ्यो ऊ।त्यँहा हरदिन आउने र त्यहीबाट हिड्ने मध्ये केहीलाई बढी नजर गर्थ्यो उसले।
एउटी जवान नारी जो बिहानै अफिस जान निस्किन्थिन।ऊनी सफा सेतो कुर्तासुरवाल र लामो चटक्क मिलेको कपालमा सेतो फूल लगाउँथिन।तेजलाई ऊनी नै हुन जवानी जस्तै लाग्थ्यो।खुशी हुदै कलमकापी झिकेर उनको बारे लेख्नथाल्थ्यो।ऊ त्यो नारीको आशिक हो भन्ठानथ्यो पसलेले।उसलाई लाग्थ्यो की यो कुनै लबस्टोरी भन्दा कम छैन।तेज कहिले बादाम बेच्ने केटोलाई जवानको उपमा दिन्थ्यो कहिले बाटोमा रमाउँदै हिड्ने जोडीलाई।तर एकैछिनमा ती जवानी र जवानीका पलहरु छिप्पिन्थे।सेतो फूल लगाउने नारी पनि फर्केर आउँदा केही फिक्का देखिन्थिन।शरीरमा खुम्चेको कुर्तासुरवाल र कपालमा ओइलिएको फूल लिएर फर्किन्थिन।उनको पनि आयु घट्दैछ र जवान छैनन भनेर पत्तो पाउँथ्यो उसले।यसरी बस्दा बस्दै साझँ पर्थ्यो।जवानीको उपमा कसैलाई दिदैनथ्यो,अँध्यारोमा उसले केही जवान पाउँदैनथ्यो।उठेर आफ्नो घरतिर लाग्नु बाहेक अरु के विकल्प थियो र?ऊ चुपचाप घरतिर लाग्थ्यो।घरको अँध्यारो कोठामा बत्ती बालेर’EVERGREEN’ पल्ट्याउथ्यो।त्यँहा के पढ्छ तेजले त्यो त उसलाई नै थाहा हुनुपर्छ।बिहान जवानी देख्ने आश लिदै ऊ निदाउथ्यो।अनि बिहान फेरि त्यही कुराहरु दोहोरिन्थे।उसका यादहरु एकदिन मात्र जवान रहन्थे।हिजो केके भयो उसलाई थाहा हुदैनथ्यो।तर हरेक दिन ऊ जवान हुन्थ्यो।उसका दिमागी भावना र दिमागका छालकिराहरु एकदम जवान हुन्थे।त्यसमा हिजो र अस्ति हुदैनथ्यो।उसको दिमागी हाल उसलाई नै थाहा थिएन न त अरु कसैलाई।आफूमा जवानी खोज्दा त ऊ ऐनामा मात्र खोज्थ्यो।तर कुनै दिन त तेजले ऐनमा हेर्दा आफ्नो दिमाग जवान देख्ला!!!
कतै तेजले जस्तै हामी पनि हामीलाई नै खोज्दै त छैनौ??खोजाइका गर्जनहरु जताततै सुनिनै पर्दैन,हामी भित्रै खोजौ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading