ताजा खवरहरु:

कतारमा एक नेपाली युवाले किन पाए ४ लाख ७४ हजार नगद ?

कतारको एक प्रतिष्ठत कम्पनी नासर अल अली इन्टरप्राइसेसले आफनो एक नेपाली कामदारलाई कम्पनीमा लामो समयसम्म इमान्दारीपुर्वक काम गरेवापत नगद रकम इनाम दिएको छ ।

कम्पनीका मालिक नासर अल अलीद्धारा हन्तान्तरित कतारी रियाल १५ हजार (नेपाली ४ लाख ७४ हजार) नगद इनाम मोरङका गोर्खबहादुर राईले प्राप्त गरे । विगत १० वर्षदेखि कार्यरत रहेका राईलाई कम्पनीमा इमान्दार र लगनशील भएर काम गरेपावत यो इनाम दिएकोे हो ।

नेपालबाट सुरुमा सामान्य कामदारका रुपमा यो कम्पनीमा आएका राई अहिले सिभिल फोरमेन भएका छन् । यसबाहेक उनले कम्पनीमा कार्पेन्टर, स्टिल फिक्चर, मेसनको काममा पनि दक्षता हासिल गरिसकेका छन् ।

सोही कम्पनीमा काम गरेर जोहो गरेको रकमबाट उनले आफना बालबच्चाको पढाइ साथै श्रीमतीको लागि खर्च जुटाएको मात्र होइन झापामा घरजग्गा समेत जोडी सकेका छन्। आफुले नगद इनाम पाउँदा अत्यन्त खूशी लागेको र अब सो रकमले आफनो छोराको उज्जवल भविश्यको लागि पढाइमा अझ लगानी गर्ने राईले बताए ।

नासर अलअलि इन्टरप्राइसेस जस्तो राम्रो कम्पनी र यस कम्पनीको मालिक जस्तो सहृदयी मालिक अनि आफुले इमान्दारीपुर्वक कम्पनीको लागि काम गरेको कारणले नै यो नगद रकम इनाम पाएको बताउँदै कम्पनीले एक न एकदिन इमान्दारिताको उच्च मुल्यांकन गर्ने रहेछ भन्ने आफूलाई पुर्ण विश्वास लागेको गोर्खबहादुरले  बताए।

कम्पनी मालिक अलीले उत्कृष्ट, मेहनती र इमान्दार कामदारहरुलाई समय समयमा प्रोत्साहन स्वरुप सुनको सिक्का, नगद इनाम, प्रमाणपत्र आदि इत्यादी पुरस्कार दिएर आफना कम्पनीको कामदारहरुको हौसला र मनोवल बढाउँदै आएका छन् ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading