ताजा खवरहरु:

अष्ट्रेलियामा यसै साताबाट सवारीमा मोबाईल चलाएको पत्ता लगाउने क्यामरा

मिलन दाहाल-  अष्ट्रेलियामा हरेक दिन सयमाथीको स्पिडमा रहेको गाडीमा पनि मोबाईल चलाएको, खाएको, पढिरहेको यतिसम्म कि ड्रगसम्म लिइरहेको अवस्थामा मानिसहरु पक्राउ पर्नेगरेको प्रहरी बताउछ । यसरी गाडी चलाइरहेको समयमा बिचलित भइ हुने दुर्घटनाको न्युनिकरण गर्न सरकारले यही हप्ताबाट अत्याधुनिक क्यामरा सञ्चालन गर्ने तयारी गरेको छ, जसले जुनसुकै गतिमा गाडी चलाइरहेको भएपनि यसरी बिचलित हुने ड्राइभरहरुको तस्बिर लिएर आफैँ फाइन सम्म गराउन सक्छ । 

यस योजना कार्यान्वयनका प्रमुख एलेक्स म्याकरेडीले यस क्यामराले ड्राइबरले चलाईरहेको क्यामराको मोडलसम्म पत्ता लगाउने दाबी गर्छन । 

यस क्यामराले परिक्षणको क्रममा पर्थामा १०० किमि/प्रतिघण्टा गतिमा रहेको गाडीभित्र ड्रग लिइरहेका ड्राइभरलाई पत्ता लगाएको बताइएको छ । 

न्यु साउथ वेल्समा यातायात व्यवस्था मन्त्री मेलिन्डा पेभले २०१८ को मार्चमा  Road Transport Ammendment Bill पास गराएपछी यस्तो अत्याधुनिक क्यामरा राख्न बाटो खुलेको थियो । पेभले उक्ता प्रस्ताव पारीत गराउने क्रममा सन २०१२ देखी २०१७ सम्म न्यु साउथ वेल्समा मात्र सवारी चालाउदा मोबाइल फोनको प्रयोगबाट १८४ दुर्घटना भएको तथ्यांक प्रस्तुत गरकि थिइन जसमा ७ जनाको मृत्यु भएको थियो भने १०५ जना घाइते भएका थिए । 

अष्ट्रेलियामा शुरु गरिएको यो प्रविधि विश्वमै पहिलो भएको बताइएको छ । 


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading