ताजा खवरहरु:

बिद्यार्थीले बनाए पेट्रोल बिनानै चल्ने मोटरसाइकल

बाग्लुङ जिल्लाका एक विद्यार्थीले पेट्रोल बिना चलाउन सकिने मोटर साइकल बनाएका छन्। जिल्ला सदरमुकामस्थित चिल्ड्रेन लाइफ इंलिस बोर्डिङ स्कुलमा अध्ययनरत गणेश श्रेष्ठले ब्याट्रीबाट चलाउन सकिने मोटर साइकल बनाएका हुन् । 

उनले पुरानो मोटर साइकलका विभिन्न पार्ट जोडेर बनाएको सवारी साधनलाई ‘इलेक्ट्रिक बाइक’ नाम दिइएको छ। बागलुङ नगरपालिका २ अदालत रोड घर भएका श्रेष्ठ कक्षा ९ मा अध्ययनरत छन् ।

उनले ४८ भोल्टको मोटर, ४ वटा लिड एसिड ब्याट्री, एउटा १२ भोल्टको ब्याट्री, २० एम्पियरको फ्युज, १ पिस कन्ट्रोलर, १ एक्सिलेटर र बाइकको पुरानो फ्रेम प्रयोग गरेका छन् । लामो समयदेखि युट्युवमा हेर्ने गरेको र लामो अभ्यासपछि पेट्रोल बिना चलाउन सकिने इलेक्ट्रिक बाइक निर्माण गरेको श्रेष्ठ बताउँछन् ।

गत साउनदेखि सुरु गरेको इलेक्ट्रिक बाइक बनाउने काम अहिले बल्ल सकिएको उनको भनाई छ । ‘धेरै पटक विफल भएँ, तर मनमा सक्छु भन्ने एक किसिमको अठोट र विश्वास थियो,’ गणेशले भने, ‘अन्ततः प्रयास, सोच र योजनामा सफल भएँ ।’

श्रेष्ठले निर्माण गरेको इलेक्ट्रिक बाइकको विद्यालय परिसरमा सयौं अभिभावक र विद्यार्थीका बीच गुडाएरै परीक्षण र प्रर्दशनी समेत गरिएको थियो । यसअघि श्रेष्ठले क्ल्याफ स्विच वल्भ, स्पिकर इन्भटरजस्ता इलेक्ट्रिक सामान बनाउन सफल भएका थिए । फुर्सद हुँदा साथ नयाँ  खोज र अनुसन्धामा ध्यान दिने श्रेष्ठले भविष्यमा इलेक्ट्रिक इञ्जिनियर बन्ने आफ्नो सपना रहेको सुनाउँछन् । बाइक निर्माणमा व्यक्तिगत ६० हजार रुपैयाँ खर्च भएको उनले बताए । 

विद्यालयका प्रिन्सिपल नवराज श्रेष्ठले विद्यालयका तर्फबाट केही प्राविधिक सामग्रीसहित निर्माण कार्यमा सहयोग गरेका थिए। । ‘ विद्यालयमा उनी पढाइमा मध्यम खालका विद्यार्थी हुन् तर, प्रविधिमा उनको बढी रुची र लगाव छ,’ प्रिन्सिपल श्रेष्ठले भने, ‘निरन्तरको लगावका कारण नेपालमै नयाँ खालको पेट्रोल बिना चल्ने मोटर निर्माण गरेका छन्, अब हामी उनलाई थप प्राविधिक ज्ञान हाँसिल गर्न उपर्युक्त वातावरण र व्यवस्था गर्नका लागि पहल र सहयोग गर्नेछौं।’

आफूले निर्माण गरेको मोटरसाइकल गुडाउँदै विद्यार्थी गणेश श्रेष्ठ। तस्बिर : दिल शिरीष


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading