ताजा खवरहरु:

सिड्नीमा श्रीमतिको कुटाइबाट एक नेपालीको मृत्यु?

२४ नोभेम्बर २०१९, सिड्नी- सिड्नीमा श्रीमतिको कुटाइबाट एकजनाको मृत्यु भएको छ ।शनिवार राती उनीहरुबिच झगडा भएको र सोही झगडाले उग्ररुप लिदा कुटपिट भएको हुनसक्ने आशंका गरिएको छ । घाइते बनेका दुबैलाई पारामेडिक्सले उपचार गरि अस्पताल लैजाने क्रममा पुरुषको मृत्यु भएको छ भने युवतिको अवस्था सामान्य बताइएको छ । पारामेडिक्स पुग्दा घाइते पुरुष अचेत अवस्थामा रहेको र उनको टाउकोमा चोट लागेको बुझिएको छ । 

मृत्यु हुने नेपाली रहेको पुस्टि गैर आवासीय नेपाली संघ अष्ट्रेलिया उपाध्यक्ष देब गुरुङले गरेका छन ।  

घटनामा हालसम्म कोही पक्राउ नपरेको अष्ट्रेलियाको स्थानिय न्युज च्यानल सेभेन न्युजले बताएको छ भने घटनाबारे थप विवरण आउन बाँकि रहेको छ । 

अष्ट्रेलियामा नेपाली बिच घरेलु हिंसा बढिरहेको भएपनि घरेलु हिंसाकै कारण मृत्यु भएको भने संभवत यो नै पहिलो घटना हो ।

 


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading