ताजा खवरहरु:

नेकपाको राष्ट्रवादको नारा कालापानीमा टुङ्गियो: देउबा

काठमाडौं  – नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेकपाको खोक्रो राष्ट्रवाद कालापानीले बगाएको बताएका छन्।शुक्रबार कास्कीमा आयोजित ट्रेड युनियन कांग्रेसको राष्ट्रिय परिषदलाई सम्बोधन गर्दै देउवाले कालापानीका बिषयमा चुइक्क बोल्न नसक्ने नेकपाको खोक्रो राष्ट्रवादको नारा कालापानीमै टुङिएको बताए।

सभापति देउवाले बर्तमान सरकारले संवैधानिक आयोगहरुलाई समेत शाही आयोग जस्तै बनाउन खोजेको भन्दै कांग्रेसले सरकारलाई मनपरी गर्न नदिने बताए। वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टहरु श्रमिक आन्दोलनबाट सत्तामा पुग्ने र सत्तामा पुगेपछि श्रमिकलाई नै दुख दिने भएकोले नेपालमा पनि सरकार श्रमिक विरोधी हुन खोजेको आरोप लगाए।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading