नेपाल-अष्ट्रेलिया सीधा उडान अनिश्चित
मिलन दाहाल- एकलाखभन्दा बढी नेपालीहरु रहेको अनुमान गरिएको अष्ट्रेलिया र नेपालबिच सीधा हवाई सम्झौता हुँदा अष्ट्रेलियामा बसोबास गर्ने धेरै नेपालीले राहत महशुस गरेका थिए । ट्रान्सिटमा बताउनुपर्ने उराठलाग्दो समयबाट छुट्कारा पाईने भइयो भनि देखिएको उत्सुकता केही महिनामा नै निराशामा परिणत भएको छ ।
गएको बर्षमात्र २ अर्बभन्दा बढी घाटा ब्योहोरेको नेपाल बायुसेवा निगमले सीधा उडान गर्न नसकेको र अष्ट्रेलियाको कुनैपनि बिमान कम्पनिले नेपाल सीधा उडान गर्न उत्सुकता नदेखाएका कारण हज्जारौं नेपालीहरुको उत्साह निराशामा परिणत भएको हो ।
नेपाल वायुसेवा निगमका प्रवक्ता गणेश बहादुर चन्दले निगमसंग हाल रहेका जाहाजले सिधा उडान सम्भव नभएको वताए । ‘हामीसंग भएका जाहाजले सिधा उडान सम्भव छैन,’ उनले भने, ‘तत्काल उडान सम्भव देखिएन ।’ एसबिएसले लेखेको छ ।
गत अगष्ट महिनामा बिना अध्यायन नेपालले अष्ट्रेलियासँग सीधा हवाई उडान गर्ने सम्झौता गरेको थियो ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस