अष्ट्रेलियामा पनि नक्कली प्रहरी?

अबिकषित र विकासशील देसहरुमा नक्कलीको बिगबिगी हुनु सामान्य कुरा मानिन्छ । तर कहिलेकाही यस्ता घटना अमेरीका, बेलायत, अष्ट्रेलियाजस्ता देशहरुमा घट्दा सबै चकित हुने गरेका छन । 

साउथ अष्ट्रेलियाको साल्सवरीमा एकजनालाई राज्यलाई तिर्नुपर्ने कर नतिरेको भन्दै एक फोन आउछ । फोनमा रेकर्ड गरिएको आवाज सुनाइन्छ, जस्मा उनले राज्यलाई तिर्नुपर्ने कर नतिरेका कारण एरेस्ट वारेन्ट जारी गरिएको जानकारी हुन्छ । ती ब्याक्तिलाइ कसैले उनलाई ठग्न खोजिरहेको जस्तो लाग्छ र फोन काटिदिन्छन । आधा घन्टामा अष्ट्रेलियाको संघीय प्रहरीको पोशाकमा दुइजना उनको घरमा उनलाई एरेस्ट गर्न भन्दै आउछन । ति ब्यक्तिले प्रहरीको पोशाकमा आएका मानिहरुलाई आफ्नो परिचय पत्र देखाउन भनेपछी उनीहरु भाग्छन । 

उनले अष्ट्रेलियाको कर कार्यलयमा फोन गरेर जानकारी माग्दा उनले राज्यलाई तिर्नुपर्ने कुनै कर बाँकि नरहेको जानकारी पाउछन । उनले घटनाबारे प्रहरीमा उजुरी दिएका छन । प्रहरीले उक्त नक्कली प्रहरीहरुको खोजी गरिरहेको छ । 

प्रहरीले कसैलाई आफ्नो कुनैपनि परिचय नदिन र यसरी कोही आए परिचय पत्र माग्न भनेको छ । 

Leave a Reply