तरकारीको विषादीमा भारतीय दूतावासको पत्रमा आफूलाई गुमराहमा पारेको भन्दै सार्वजनिक रुपमा माफी मागेका प्रधानमन्त्री ओलीले सचिवलगायत प्रशासनिक काममा कडाइ गर्न मुख्यसचिवलाई निर्देशनसमेत दिएको समाचारमा उल्लेख छ ।
‘प्रशासकले समन्वय, निर्देशन र कार्यान्वयन गराउने कुरामा गम्भीरतापूर्वक ध्यान पुर्याउनुपर्छ,’ सिंहदरबारमा आयोजित वार्षिक समीक्षा बैठकमा प्रधानमन्त्रीले मुख्यसचिवप्रति इंगित गर्दै भनेको भन्दै समाचारमा लेखिएको छ, ‘रिपोर्ट सुनेर वास्तविकता के हो ? पत्ता लगाउनोस्, कर्मचारीले कतिसम्म जिम्मेवारीपूर्वक काम गरेका छन् हेर्नुहोस् ।’
प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले मन्त्रीबीच बाझिने कुरा आउन नहुने र गलत ब्रिफिङ भएको विषयमा सचेत रहन निर्देशन आएको अन्नपूर्णसँग बताएका छन् ।

प्रतिकृया दिनुहोस