छबिले शिल्पालाई साथीसंग फिल्म हेर्न जान्छु भन्दा कानको जाली फुट्ने गरि कुटेको खुलासा

काठमाडौं । चलचित्र निर्माता छबीराज ओझाले उनकी श्रीमती शिल्पा पोखरेललाई हातपात गरेको कुरा शिल्पाले प्रहरीमा उजुरी गरेपछी समाचार देशभर भाइरल भएको थियो । छबी ओझाले शिल्पालाई अब उप्रान्त कुनैपनि किसिमको गालिगलौच र हातपात नगर्ने भनेर सम्झौता पत्रमा हस्ताक्षर गरेपछी दुवैको सहमति भएको छ । अभिनेत्री शिल्पा पोखरेलले आफूलाई पति तथा श्रीमान् छविराज ओझाले हातपात गरेको भन्दै २२ असारमा महानगरीय प्रहरी परिसर काठमाडौंमा ओझाविरुद्ध उजुरी दिएकी थिइन् ।

For all kinds of visa solution, tax, immigration contact: Mates International Adelaide, SA

click here to go to Mate's Facebook page

प्रहरीको रहोवरमा भएको छलफलमा पत्नी शिल्पासँग विगतमा भएको झगडाको बारेमा छविराजले माफी मागेर अबका दिनमा कुनै झैझगडा तथा हातपात नगर्ने भनेर मिलापत्र गरेपछि पछि उनीहरूको विवाद टुंगिएको बुझिएको छ ।

अभिनेत्री शिल्पाले आफूमाथि घरेलु हिंसा भएको दाबी गर्दै भनिन्, ‘गत असार ८ गते दुई जना साथीसँग म फिल्म हेर्न जान्छु भन्दा छविराज ओझाले मेरो गाल र कानमा हिर्काउँदा कानको जाली फुट्यो र गाला सुन्नियो । उहाँले मलाई मार्ने उद्देश्यले घाँटी थिचेपछि म फुत्किएर ज्यान बचाएर घरबाट भागेकी हुँ ।’

राजधानीमा खबर छ ।

Advertisements

Leave a Reply