ताजा खवरहरु:

टिकटकले लियो ज्यान

टिकटक भिडियो भाइरल बनाउने लहड चलिरहेका बेला भारतको हैदराबादमा एक अनौठो र दुखद् घटना भएको छ ।

हैदराबादको मडचल जिल्लास्थित बिहीबार साँझ दुलापाल्ली लेकमा टिकटक भिडियो खिच्दैगर्दा २४ वर्षीय युवाको तलाउमा खसेर ज्यान गएको छ । नरसिम्ह नाम गरेका युवाले टिकटक भिडियोका लागि पोज दिँदै गर्दा तलाउमा खसेर मृत्यु भएको यहाँको प्रहरीले पुष्टि गरेको छ । यस क्रममा उनी आफ्ना केही साथीहरुसँगै थिए ।

अनलाईन न्युज ‘द न्युज मिनेट’ले प्रहरीलाई उधृत गर्दै त्यहाँ उनीहरु भिडियो पोज दिँदै नाच्दै गर्दा तलाउमा खसेको जनाएको छ । तलाउमा खसेपछि नरसिम्हले पौडी खेल्न नजानेपछि बचाउको लागि हात फैलाउँदै गरेको तर उद्दार हुन नसकेको बताइएको छ ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading