कुन ठाउँमा कोठी भए के हुन्छ?
समुद्रशास्त्रमा व्यक्तिको शरीरका बारेमा निकै धेरै कुरा बताइएको छ। शरीरको अंगमा निसान, हत्केलाको रेखा, हाँस्नु मुस्कुराउनु आदीका बारेमा विस्तारमा बताइएको छ। जसमा कालो कोठीका बारेमा पनि उल्लेख गरिएको छ। समुद्रशास्त्रमा शरीरका यी ४ भागमा कालो कोठी हुनु निकै शुभ मानिन्छ।
१) समुद्रशास्त्रमा जुन व्यक्तिको पेटमा तिल छ, त्यसलाई अशुभ मानिन्छ। उक्त कोठीलाई दुर्भाग्यको सुचक मानिने गरिन्छ। यस्ता व्यक्ति भोजनका शौकिन हुने गर्दछन्। तर जुन व्यक्तिको नाभि वरीवरी कोठी छ भने त्यस्ता व्यक्तिलाई धन समृद्धीको प्राप्ति हुने गर्दछ।
२) जुन व्यक्तिको पिठ्युमा कालो कोठी हुने गर्दछ, त्यस्ता व्यक्ति निकै रोमान्टिक र धनवान हुने गर्दछन्। यस्ता व्यक्तिले आफै कमाउने पनि गर्दछन् र खर्च पनि गर्ने खालका हुन्छन्।
३) जुन व्यक्तिको खुट्टाको औँठामा कोठी हुन्छ, त्यस्ता व्यक्ति समाजमा प्रतिष्ठित र सम्पन्न हुने गर्दछन्।
४) जुन व्यक्तिको निधारमा कोठी हुने गर्दछ, त्यस्ता व्यक्तिको दाम्पत्ति जीवन सुख हुने गर्दछ। र धन धान्यका लागि पनि निकै शुभ मानिन्छ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस