विवादमा एनआरएनए निर्वाचन समिति, असन्तुष्टहरुको प्रश्नमाथी प्रश्न
११ जुलाई २०१९, सिड्नी- गैर आवासीय नेपाली संघको कार्यकाल २०१९-२१ का लागी निर्वाचन गराएको निर्वाचन समिति एकपछी अर्को गर्दै विवादमा तानिएको छ । ६ जुलाईको निर्वाचनपछी सार्वजनिक गरिएको निर्वाचनमा राष्ट्रिय समितिका अध्यक्ष लगायतका पदहरुमा प्राप्त भोटहरु जम्मा खसको मतसंख्या सँग नमिलेपछी र मेलवर्न राज्यको प्राय सबै पदहरुमा खसेका भोटहरु जम्मा खसको भोटसंख्यासँग नमिलेपछी निर्वाचन समिति विवादमा तानिएको थियो । विहिवार उक्त विषयमा ‘भेरो भोटिङ’ को केही मतदाताहरुले पुर्ण प्रोसेस भइनसकि ब्राउजर बन्द गरेका कारण उक्त समस्या देखिएको र अध्यक्ष पदमा रहेको भिन्नता भने मानवीय त्रुटी भएको स्पष्टिकरण सार्वजनिक भएको थियो ।
बुधवार न्यु साउथ वेल्सको सचिवको मतसंख्या परिवर्तनपछी निर्वाचन समिति झनै विवादमा तानिएको छ । निर्वाचन समितिले ६ जुलाईमा सार्वजनिक गरेको नतिजाअनुसार सचिव पदमा गायीका सुजाता उपाध्याय ९ सय ७५ मत ल्याउदै विजयी दिपक पहाडीसँग १ मतले मात्र पराजित भएकि थिइन । समितिले १० जुलाईमा एकाएक मतपरिणाम परिवर्तन गर्दै सुजाताको भनिएको मतपरिणाम तेस्रा भएका रामजी बस्नेतको भएको भनेपछी अझ बढी विवादमा तानिएको हो ।
एकपछी अर्का यस्ता घटना सार्बजनिक भएपछी सामाजिक सञ्जालमा असन्तुष्टि पोख्ने क्रम बढेको छ । समितिले ६ जुलाई र १० जुलाईमा सार्वजनिक गरेको नतिजा फेस्बुकमा पोष्ट्याउदै साउथ अष्ट्रेलियाबाट राष्ट्रिय समितिमा उम्मेद्वारी दिइ पराजित भएका कपिल पाण्डे लेख्छन “कुरो बुझ्न्नै गाह्रो भो । 6th july vs 10th july को नतिजा । Anil Pokhrel को २ मत फरक । Sitaram Ghimire को १ मत फरक । आज पत्रकार सम्मेलनमा प्रस्ट होला ।”
उनको पोष्टमा कमेन्ट गर्दै एनआरएनए साउथ अष्ट्रेलिया वर्तमान संयोजक अशोक केसी लेख्छन “साह्रै गाह्रो भो हजुर। “
नारीमिकुञ्ज साउथ अष्ट्रेलिया उपसंयोजकमा पराजित भएकि आस्था केसी कमेन्ट गर्दै ब्यालेट पेपरमार्फत भोटिङ गराउनुपर्ने धारणा राख्छिन ।
आइसीसी सदस्यमा पराजित निराजन गौली लेख्छन- “सत्य बिक्ने भए मान्छे यहाँ सत्यलाई दोकाननै खडागरेर भएपनी बेचीदिन्थे, अफसोच सत्य अमूल्य र बेच्न नमिल्ने भएर मात्र हो।”
निर्वाचन समितिले आज साँझ ६:३० बजे पत्रकार सम्मेलन गर्दै परिणामवारे स्पष्टिकरण दिने बताएको छ ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस