अष्ट्रेलिया निर्वाचन: लेबर र परमेज दुबै पछाडी

१८ मे २०१९, एडिलेड- यसअघि गरिएका पोलहरुले लेबर पार्टीले निर्वाचनमा अग्रता लिने प्रक्षेपण विपरीत सत्ताधारी दलले अग्रता लिइरहेको छ । शनिवार स्थानिय समयअनुसार राती १० बजेसम्मको गणनाअनुसार सत्ताधारी दलहरु लिवरल र राष्ट्रिय पार्टीको गठबन्धन तल्लो सदनको कुल १५१ मध्ये ७५ स्थानमा अग्रता लिरहेका छन भने जित्ने अपेक्षा गरिएको लेबर पार्टीले जम्मा ६६ ठाँउमा मात्र अग्रता लिइरहेको छ । यसैबिच लेबरका पुर्ब प्रधानमन्त्री टोनी एबट स्वतन्त्र उम्मेद्वारसँग पराजित भएका छन । हालसम्म लगभग ६० प्रतिशतभन्दा बढी मतगणना भइसकेको बताइएको छ । 

यसैगरी नेपाली समुदायका उम्मेद्वार परमेज श्रेष्ठसमेत पछाडी परेका छन । उनी बार्टन क्षेत्रबाट लिवरल पार्टीको तर्फबाट उम्मेद्वार बनेका थिए । 

गठबन्धनले निर्वाचन जित्ने दाबी गरेको छ भने लेबर समर्थकहरु आशुामा डुबेका छन । 

Advertisements

Leave a Reply