ताजा खवरहरु:

लेबरले लिवरलले बढाएको अभिभावक भिषा शुल्क घटाउने, भिषाको संख्यापनि बढाउने

अषट्रेलियामा संघीय चुनाब नजिकिदै गर्दा दलहरुबाट भिट आकर्षित गर्न लोकप्रिय कार्यक्रमहरु घोषणा गर्ने क्रम बढेको छ । यसैबिच आप्रवासीको मुख्य असन्तुष्टिलाई सम्बोधन गर्ने मनसायले लेबर पार्टीले आगामी निर्वाचनमा आफ्नो दलले सरकार बनाउनेगरि जिते अभिभावकहरुको लागि शुरु गरिएको यस ३ र ५ बर्षे भिसा सर्व-सुलभ गराउदै भिषा शुल्क समेत सस्तो बनाउने नीति अघि सारेको बताएको छ ।

लिवरल सरकारले केही समयअघिमात्र आप्रवासीका अभिभावकलाई सोस्नेगरी समयावधी अनुसार ५ हजार देखी २० हजारसम्म शुल्क लाग्ने गरि नयाँ भिषा नीति लागु गर्ने घोषणा गरेको थियो, जुन आप्रवासीहरुबाट सबैभन्दा बढी आलोचित भएको भिषा नीति हो ।

आप्रवासीहरुको यहि असन्तुष्टिलाई मध्यनजर गरेर लेबर पार्टीले आप्रवासीको मत आफ्नो पक्षमा पार्न यस्तो नीति सार्वजनिक गरेको विश्लेषण गरिएको छ। आप्रवासीहरुको बाहुल्यता रहेको सिड्नीका  निर्वाचन क्षेत्रहरु  ब्यंक्स, रीड तथा बेनेलोङ्गमा बिपक्षी नेता बिल शर्टनले पछिल्ला दिनहरुमा निकै मिहिनेत गरिरहेका छन्।  यसैगरी, प्रधानमन्त्री तथा लिबरल पार्टीका नेता स्कट मरिसन पनि पुर्बी मेलबर्नको आप्रवासीहरु बाक्लो आवाधी चिस्लोम निर्वाचन क्षेत्र डटेर प्रचार-प्रसार गरिरहेका छन्।

यसका साथै लेबर पार्टीले अभिभावकहरूको लागि छुट्टाईएको १५,००० भिसाको संख्याको सीमालाई पनि हटाउने बताएको छ। 

लेबर दलको अध्यागमन सम्बन्धिक प्रवक्ता शेन न्युम्यानले लेबर पार्टीको यस नीतिले अप्रवासी समुदायका परिवारहरु एक-अर्कासंग नजिक सजिलो हुने बताउछन ।

“हालको सरकारले यी जायज मागको वास्ता गरेको छैन र यसको प्रक्रिया पनि न्यायसंगत रहेको छैन, ” न्युम्यानले आरोप लगाए।

लेबर पार्टीको नीति अनुसार, तीन बर्षे भिसाका लागि १,२५० डलर लाग्ने छ भनी, पाँच बर्षे अस्थाई अभिभावक भिसाका लागि २,५०० डलर लाग्ने छ। न्युम्यानले, आफ्नो पार्टीले अघि सारेको यो नीति लोकप्रिय हुने कुरामा आफू आशावादी रहेको बताउछन्।

तर उता अध्यागमन मन्त्रि डेभिड कोलमनले – सरकारले अघि ल्याएको अभिभावकहरुको लागि अस्थाई भिसाको शुल्क उचित रहेको बताउछन्। 

“दीर्घकालिन रुपमा यो कार्यक्रमलाई अगाढी बढाउन करदाताहरुको पैसाले मात्र भ्याउदैन, त्यसैले यसको शुल्क महँगो देखिएको हो,” कोलमनले भने।

अहिले कायम रहेको व्यवस्था अनुसार अभिभावकहरुले स्थायी भिसा पाउन निकै मुस्किल छ।

“कन्ट्रीब्युटरी” भनिने अधिक शुल्क सहितको भिसा पाउन औसतमा ४५ महिना आफ्नो पालो कुर्नुका साथै ४७,१२० प्रतिव्यक्तिका दरले शुल्क अस्ट्रेलियन सरकारलाई बुझाउन पर्छ ।

“ नन् कन्ट्रीब्युटरी” भिसाको हकमा भने ६,००० डलर शुल्क लाग्छ र यो पाउन ३० बर्षसम्म कुर्नुपर्ने हुन्छ।

साथै, यो भिसा पाउन अभिभावकहरुले “ब्यालेन्स अफ फ्यामिली” भनिने एक अवरोध पनि पार गर्नुपर्छ।

“ब्यालेन्स अफ फ्यामिली”को नियमानुसार स्थायी भिसाका लागिआवेदन हाल्ने अभिभावकहरुको आधा भन्दा बढी सन्तानहरु अस्ट्रेलियाका स्थायी बासिन्दा हुनुपर्छ।

थप रुपमा त्यस्ता सन्तानका परिवारको बार्षिक कुल आय पनि ८३,४५५ डलर भन्दा बढी हुनुपर्दछ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading