ताजा खवरहरु:

बेलायतका रक्षामन्त्री बर्खास्त, सुचना चुहाएको आरोप

सुरक्षा परिषदको सुचना चुहाएको आरोपमा बेलायत सरकारले रक्षामन्त्री गेविन विलियम्सनलाई बर्खास्त गरेको छ । राष्ट्रिय सुरक्षा परिषद्को उच्चस्तरीय बैठकको सुचना चुहाएको भन्दै उनीलाई बर्खास्त गरिएको अन्र्तराष्ट्रिय समाचार संस्थाले जनाएका छन् । केही समय अघि उनी सुचना चुहाएको विषयमा छानबिनमा परेका थिए।
उनलाई दोषि पाइएकोले बर्खास्त गरिएको बिबिसीले उल्लेख गरेको छ।

विलियम्सन सन् २०१७ देखि रक्षामन्त्री थिए। प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्री टेरिजा मेले उनको क्षमता र उनीमाथिको भरोसा गुमाएको जनाएको छ। प्रधानमन्त्री मेले एनसीसीको बैठकको जानकारी चुहाउनु गंभीर र निराश गर्ने विषय भएको बताइन्। चीनको हुवावे कम्पनीको बेलायतमा फाइज–जी नेटवर्क तयार गर्न सहयोग गर्ने योजनाको विषयसम्बन्धी जानकारी चुहाएको आरोप छ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading