बाल्टिमोरमा गोली चल्दा एकको मृत्यु
संयुक्तराज्य अमेरिकाको बाल्टिमोरमा एक अपरिचित व्यक्तिले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरी प्रवक्ता चाकिया फेनोएले म्यारिल्यान्डको एडमोन्डसोन एभेन्यूको चर्च नजिकै गोली चलेको र एक व्यक्तिको मृत्यु भएको जानकारी दिए। बन्दुकधारीले भिडमा जथाभावी गोली चलाउँदा अरु सात जना घाइते भएका छन्।
प्रहरीले गोली चलाउने व्यक्तिको खोजी गरिरहेको छ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस