श्रीलंकामा बुर्का प्रतिबन्धित
सङ्कटकालीन अधिकारहरूको प्रयोग गर्दै श्रीलंकाली राष्ट्रपति सिरिसेनाले मानिसहरूले सार्वजनिक स्थलमा रहँदा मुख ढाकिने कुनै पनि किसिमको लुगा र कपडा माथि सोमबार देखि लागु हुने गरी प्रतिबन्ध लगाएका हुन्।
“राष्ट्रिय सुरक्षालाई मध्यनजर गर्दै हामीले यस्तो प्रतिबन्ध लगाएका हौँ…पहिचान गर्न अफ्ठेरो हुने गरी कसैले पनि आफ्नो अनुहार छोप्न अब पाइने छैन,” उनको कार्यालयले जारी गरेको व्यक्तव्यमा जनाइएको छ।
बम विस्फोटका घटनाहरू पछि स्थानीय इस्लाम धर्मगुरुहरूले श्रीलङ्कामा रहेका मुस्लिम महिलाहरूलाई आफ्नो अनुहार नछोप्न अनुरोध गरेपछि राष्ट्रपति सिरिसेनाको उक्त घोषणा आएको हो।
ती धर्मगुरुहरूका अनुसार, त्यसरी अनुहार छोप्ने लुगा लगाएर हिँड्दा अन्य श्रीलंकालीहरुले अप्रिय प्रतिक्रिया दिन सक्ने भन्दै त्यस्तो अनुरोध गरेको बताएका छन् ।
श्रीलङ्काका अधिकांश मुसलमानहरू उदार इस्लाम प्रति विश्वास गर्ने र निकै कम सङ्ख्यामा महिलाहरूले पुरै शरीर ढाक्ने निकाब लगाउने बताइएको छ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस