ताजा खवरहरु:

कुनैदिन मसानघाटमा समेत भ्रष्टाचार भएको सुन्न पाइनेछ

सुदूरपश्चिम प्रदेश सभाका सांसद एवं नेपाली कांग्रेस डडेल्धुरा जिल्ला सभापति कर्णबहादुर मल्लले सरकारले औषधिदेखि फोटोकपी पेपरसम्म भ्रष्टाचार गरिरहेको आरोप लगाएका छन् । उनले कुनै दिन मसानघाटमा समेत भ्रष्टाचार भएको सुन्न पाइने बताए ।

तेश्रो अधिवेशन अन्त्य हुनुपूर्व बिहीबारको प्रदेश सभा बैठकमा बोल्दै उनले सरकारले औषधिदेखि पेन ड्राइभ, फोटोकपी पेपर र अक्सीजन प्लान्टमा करोडौंको भ्रष्टाचार गरेको आरोप लगाएका हुन् । ‘यस्ता कुराहरु पटक-पटक संसदमा उठाउँदा समेत सरकारका मन्त्रीहरुले जवाफदेहीता देखाएनन् । अब कुनै दिन प्रदेश सरकारले मसानघाट र प्रसूति गृहमा समेत भ्रष्टाचार गरेको सुन्न पाइनेछ ।’

वैशाख १२ गते आइपुग्दासम्म विकास निर्माणका कुराहरुमा अख्तियारी नदिइएको गुनासोसमेत उनले गरे । ‘पटक-पटक संसदमा कुरा आउँदा समेत विकास निमार्णमा छुट्टयाएको रकममा अख्तियारी दिइएन,’ उनले थपे ।

उनले दैवीप्रकोप, विपद् तथा दुर्घटनामा राहतका कुरालाई सरकारले उपहास गरेको आरोप समेत लगाएका थिए । उनले सार्वभौम संसदलाई उपेक्षा गर्ने सरकारको शैलीलाई नेपाली कांग्रेसले स्वीकार नगर्ने भन्दै सत्तापक्षलाई जिम्मेवार बन्न सरकारको ध्यानाकर्षण पनि गराए ।

‘हामीले पहिलो र दोस्रो अधिवेशन धेरै वेथितिका कुराहरु संसदमा उठाएका थियौं, तर सरकार पक्षका सांसदहरुले त्यसमा रक्षाकवचका रुपमा उत्रिएर बचाउ गरेर हामीलाई ओझेलमा पारेे,’ उनले भने, ‘यस्तै हो भने दुई तिहाइको दम्भ देखाइरहेको सरकारको हालत पाकिस्तानमा दुई तिहाइको सरकार बनाएका नवाज शरीफलाई जनताले ढलाएको जस्तो हुनेछ ।’


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading